संदेश

माओबादीहिंसा लेबल वाली पोस्ट दिखाई जा रही हैं

चन्दमाथि प्रतिबंध र राउतसंग समझौता : सरकारी कदम सही होला ?

चित्र
नेत्रबिक्रम को  माओबादी हिंसा माथि प्रतिबंध  र सिके राउत को  अबतरण कालागि ११ बुँदे समझौताले नेपाल मा कसको फेससेविंग र कस्को टाउकोमा पगड़ी हुने हो हेर्न बाकी छ। प्रम ओली    प्रधानमंत्री केपी ओलीले सरकारको पहिलो एकवर्ष नयाँ प्रणाली व्यवस्थापनमा बिताउनु परेको हुँनाले अब सरकारले यथोचित कामको क्षेत्रमा गतिलिने बताएपछि सिके राउतसंग सम्झौता र विप्लव माओवादीलाई प्रतिबन्ध लगाएर नयाँ छनक दिन खोजेका छन् । सिके राउत स्वतन्त्र मधेशको पक्षमा बिगत केही वर्षहरुदेखि मधेशमा गतिविधि गर्दै आएका व्यक्ति हुन् भने पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको तत्कालिन माओवादी पार्टीबाट फुटेर गएका समुहहरु मध्ये नेत्रविक्रम चन्द नेतृत्वको समूह पनि एक हो । पछिल्ला दिनहरुमा चन्द समुहले राज्य विरुद्ध हिंसात्मक र सशस्त्र गतिविधि गर्दै आएको थियो । उक्त समुहलाई चैत्र महिनाभित्र हथियार बुझाई संवादमा आउन सरकारका तर्फबाट समय दिईएको छ ।  सरकारका यी दुई कदमहरुप्रति निक्कै चर्चा र टिप्पणी भएका छन् । बितेको वर्षमा संतोषजनक काम गरेको दावी सरकारले गरे पनि सत्ता बाहिरका राजनीतिक पार्टी...