भारतीय सिमा सुरक्षाबलद्वारा बांगलादेशी नागरीकको हत्या बढ्दो

भारत - बंगलादेश सिमा संसारका धेरै नागरिकहरूको ज्यान जाने सिमा मध्ये एक हो। मित्रतापूर्ण सम्बन्ध भएको भानियका दुइ देशको सिमाना मानव वध क्षेत्रमा परिणत हुनु लज्जास्पद छ। भारत र बंगलादेशबीचको सिमानामा भारतीय सिमा सुरक्षाबलबाट मारिने बंगलादेशी नागरीकहरुको संख्या डरलाग्दो रहेको संचार माध्यमहरुले जनाएका छन् । नागरीकहरु मारिने घटनालाई शुन्यमा झार्ने आश्वासन दिल्लीले विगतमा ढाकालाई दिएका भएपनि त्यसको प्रतिफल देखिएको छैन । यो सिमाना संसारका धेरै सिभिलियनहरुको ज्यान जाने सिमानाहरु मध्येमा पर्दछ । जनवरी १२ का दिन बंगलादेशका विदेशमंत्री ए के मोमिनले आफ्नो मंत्रालयमा संचारकर्मीहरुसंग कुरा गर्दै भने — दुवै देशले यस्तो मृत्युलाई शुन्यमा झार्न चाहेको तर दुर्भाग्यवश त्यस्तो हुन सकेको छैन । दुई दिनअघि सिमाक्षेत्रको लालमोनिरहाट जिल्लाका सिमाक्षेत्रमा भारतीय सुरक्षाबलको गोली प्रहारबाट एक बंगलादेशी युवकको मृत्यु भएको थियो । उक्त २६ वर्षीय युवक भारतीय क्षेत्रमा बसोबास गर्ने उसका काकाको घर जान सिमापार गरिरहेको बेला भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए । तर, पछि भारतीय सिमा ...