लीपुलेक र दोक्लामले दिएको शिक्षा
पछिल्लो पटक भारत र चीन बीच संबन्ध सुधारको प्रयास फेरि शुरु हुने संकेत देखिएको छ । दुवै तर्फबाट कुटनीतिक भेटघाटले तीव्रता पाएको छ । गत फरवरीमा भारतीय विदेश सचिव विजय गोखलेको चिनिया अधिकारी संग भलाकुसारी पछि भारतका सुरक्षा सल्लाहकार अजित डोभल भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको आगामी जुन महिनाको ८ तारीखमा शुरु हुने एक समिटमा भाग लिन चीन जान अगावै चीन भ्रमण गराउने चांजोपांजो मिलाउन चीन पुगेका छन् । अब केही हप्तामा भारतको मंत्रीस्तरिय भ्रमण टोली चीन जानलागेको बताईएको छ । यदि यी प्रयासहरु सफल भए छोटो समयमा दुई पटक भारतीय प्रधानमंत्रीको चीन भ्रमण हुने देखिन्छ । यसको अर्थ भारत र चीन आपसी सम्बन्धलाई अब उच्च महत्व दिन थालेको देखिन्छ । दोक्लामबाट झनै टाढिएका दुवै देशले के शिक्षा लिएर फेरि प्रयास थालेका हुन् र त्यस प्रयासको परिणाम के हुने हो भन्न कठिन छ । भारतको सम्बन्ध चीनसंग लामो समयदेखि नै सुमधुर रहेको छैन र पनि व्यापारको क्षेत्रमा सहकार्य चलिनै रहेको छ । चीनको ओबीआरले भारतको...