नेपालमा सरकार ढाल्न र जोगाउन भारत र चीनको चलखेल तीव्र !
चिनिया राजदूत हो याङकी को सत्तारुढ नेकपा भित्रको विवाद मिलाउन पटकपटक चलेको दौडधूपले नेपाली राजनीतिक दलहरुको क्षमताप्रति निराशा उत्पन्न भएको छ । एउटा भारतीय पत्रिकाका अनुशार नेपालमा भारतीय खुफिया चलखेल बढेपछि त्यसको काउण्टर गर्न चीनले सक्रियता बढाएको भन्ने देखिन्छ । कोरोना संक्रमण र देशमा देखिएको आर्थिक संकट जस्ता गम्भिर विषयलाई वेवास्ता गर्दै नेकपामा हालै चलिरहेको आन्तरिक गुट संघर्षमा प्रधानमंत्री केपी ओलीलाई राजिनामा दिन दबाव बढिरहेको बेला नेपालस्थित चिनिया राजदूत हो याङकीले त्यस पार्टीका नेताहरुलाई भेट्ने क्रम तीव्र बनाएपछि चारैतिर आशंका फैलिएको छ । गत बैशाखमा पनि नेकपामा चलेको विवादको बेला राजदूत याङकीले यस्तै सक्रियता बढाएपछि विवाद साम्य भए झैं देखिएको थियो । बाहिर देखिएको परिदृश्य यस्तो भएपनि पर्दाभित्र आफ्नो चरीत्र अनुशारको गतिविधि भारतले काठमाण्डौको राजनीतिक वृत्तमा सिमा विवादवारे राजनीतिक स्तरमा वार्तालाई प्राथमिकता दिनु भन्दा यहाँका नेताहरुका कान फु...