संदेश

भारत #नेपाल# सिमा विवाद#लिपुलेक लेबल वाली पोस्ट दिखाई जा रही हैं

लिपुलेक कालापानी विवाद : नेपाल वारे भारतीय मिडियाका आपतीजनक कुरा

चित्र
धेरै समय हिन्दु मुसलमान, पाकिस्तान र चीनका विषयमा रल्लिएको भारतीय मुलधारका भनिने मिडिया नेपाल ले यतिबेला भारतले अतिक्रमण गरेका लिपुलेक कालापानी र लिम्पियाधुरालाई लिएर नयाँ नेपालको नक्शा प्रकाशित गरेपछि विवाद लाई लिएर अनर्गल प्रचार गर्न लागि परेको छ नेपालको नयाँ नक्शा भारतले लिपुलेक पुग्ने सडक बनाएपछि नेपालले जनाएको विरोधले भारत नेपाल सिमा विवाद ले नयाँ चरणमा प्रवेश गरिसकेको छ । गतवर्षको अन्ततिर पनि भारतले त्यस भुभागलाई एकतर्फि आफ्नो नक्शामा देखाएको भन्दै नेपालले विरोध जनाउँदा भारतले नक्शामा कुनै परिवर्तन गरेको अस्वीकार गर्दै नेपाललाई आपती भए वार्ताबाट सुल्झाउने बनिबनाउ जवाफ दिएको थियो ।  सन् १९५४मा भारत र चीनबीच पन्चशीलको सन्धी भएको थियो । त्यसमा पनि लिपुलेकलाई उपयुक्त कागजात सहित मानसरोवर आउने जाने लामा बौद्ध तथा हिन्दु भारतीय तीर्थयात्रीको बाटोको  नाकाका रुपमा प्रयोग गर्ने  र नजिकैको चिनिया बजार ताक्लाकोटलाई बजार केन्द्रको रुपमा उल्लेख गर्दै ती यात्रीकालागि आवतजावत र वासको व्यवस्था चीनले गर्ने भनिएको छ । यो उल्लेख गरिरहँदा नेपालको कतै चर्चा भएको देखिंदैन । २०१५मा नेपाल...

भारत नेपाल सिमा विवाद : अराजक आन्तरिक विवाद महंगो पर्न सक्छ

चित्र
 बाह्य अतिक्रमणको प्रसंग चलिरहेको यो बेला आन्तरिक विवादहरुलाई दिशाहीन रुपमा चर्काएर देशलाई क्षतितिर उन्मुख गराउने तत्वहरुको पहिचान गरिनु आवश्यक छ । यसले नेपाल—भारत सिमा मा चलेको विवाद समाधान गर्ने दिशामा नेपाललाई नै कमजोर तुल्याउने छ । त्यसैले आपसमा समस्यालाई लिएर गम्भिर विचार विमर्श को खाँचो छ ।  भारतले नेपालका कैयौं पटकका असहमति र विरोधका बावजुद पनि पटकपटक आफुखुशी सिमाना अतिक्रमण गर्ने कार्य गर्दै आईरहेकको छ । यसपटक पनि नेपाली भूमिमा सडक निर्माण गरी भारतले फेरि सोही कार्य गरेर नेपालको सरोकारलाई पुन एकपटक वेवास्ता गरेको छ । सन् १८१६ मा गोर्खा साम्राज्य र तत्कालिन इष्टइण्डिया कम्पनीबीच भएको सुगौली संन्धिमा नेपालले काली भन्दा पश्चिमका भुभागमा आफ्नो दावी छोड्ने भनेर स्पष्ट उल्लेख छ । यहि संधीले गर्दा काली नदी पश्चिममा कांगडासम्मको नेपाली भूभाग नेपालले गुमाउनु परेको थियो । अझ यसरी हेर्न हो भने काली नदी पनि नेपालकै हुन पर्ने देखिन्छ ।  नेपालले हालै लिपुलेक प्रकरणमा गरेको  विरोधको प्रत्युत्तरमा भारतले यसपटक पनि   हाल निर्माण गरेको सडक भारतीय भूमिमा नै भएको एकप...