नेपालमाथि भारतीय अतिक्रमणले जन्माउँदै आएको आशंका

नेपाली भूमिमाथि को भारतीय अतिक्रमण ले दिल्लीको मनशाय सफा नभएको संकेत गरिरहेको छ। भारतले नयाँ नक्शामा काली नदी पूर्वको नेपालको भूमि आफ्नोतिर देखाएपछि नेपालमा विरोधसंगै भारतप्रति आशंका र आक्रोश दुवै एकएक बढेको छ । त्यस क्षेत्रको कालापानीमा भारतीय सेनाले कब्जा जमाएको छ दशक भै सकेको छ । जम्मुकस्मिरको आन्तरिक विभाजनको अवसर पारेर पाकिस्तान नियन्त्रित कास्मिरलाई पनि उसले आफ्नो नक्शामा पारेको छ नै नेपाली भूभागलाई पनि यसै मेसोमा आफुतिर पारेको छ । एकजना चिनियाँ कुटनीतिज्ञका अनुशार सो नक्शामा चीनको भूमिलाई पनि भारततिर पारेर देखाईएको छ । भारतले भने नयाँ नक्शामा नेपाल तर्फ फेरबदल नगरिएको बताएको छ । नेपालमा भारतको बयानलाई विश्वास गरिएको छैन । अहिले नक्शा फेरबदल नगरिएको भन्ने मान्ने हो भने पनि नेपालको भूमिमा भारतिय सेनाले अतिक्रमण गरेको ६ दशक नाघिसकेको छ । भारत र चीनबीच विगत केही वर्षहरुदेखि उच्चस्तरको भेटघाट बाक्लिंदै गएको र नेपालसंग पनि नाकाबन्दीपछि केही सुध्रिंदै गएको ठानिएको सम्बन्धमाथि कालाबादलहरु अझै नहटिसकेको आशंका बढ्दै गएको छ । ...