भारतको असममा नेपालीहरुमाथि एनआरसीको संत्रास कायमै

भारतको असम राज्यमा एनआरसी का नाममा गोर्खा भनेर चिनिने नेपाली भाषीहरुमाथि विभिन्न तरीकाबाट सताउने कार्य जारी रहेको देखिएको छ । असममा बस्दै आएका नेपाली भाषीहरु एनआरसीको दायराभित्र नपर्ने अधिसुचना भारतको केन्द्र सरकारले महिनौं पहिला जारी गरिसकेको छ । त्यो अधिसुचनाले सन् १९५० को नेपाल भारत शान्ति र मैत्री सन्धिले निर्देश गरेअनुशार भारत अथवा असममा बसोबास गरिआएका नेपालीहरुलाई सहजता दिएको देखिए पनि नेपाल भन्दा छुट्टै भारतीय नागरीक नेपाली भाषीहरु माथि भने आशंका र अन्यौलता अझै कायमैै रहेको देखिएको छ । असम को कोलियवार निर्वाचन क्षेत्रबाट निर्वाचित काँग्रेसका सांसद गौरव गोगोईले संसदको शुन्य समयमा एनआरसी का नाममा असममा गोर्खा र अन्यहरुमाथि अत्याचार गरिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । उनले भारतका स्वतन्त्रता सेनानी छवीलाल उपाध्याय की नातिनी मंजुदेवी र साहित्य अकादमी पुरस्कार विजेता दुर्गा खतिवडालाई समेत विदेशी बनाइएको बताएका थिए । यो आवाज गोर्खाहरु संग सम्बन्धित संघसंस्थाहरु र जनप्रतिनिधिहरुले उठाऊँदै आएका छन् । यस्तो कार्यप्रति सरकारको ध्यानाकर्षण गर्ने प्रयासले कति ...