भारतको असममा एनआरसीका कारण बढ्यो आत्महत्या

wair online
स्व निरोध बर्मन दास 





        गएको जुलाई महिनामा भारतको असम राज्यमा एनआरसीको सूचि प्रकाशित भएको थियो जसले त्यहां चालिस लाख गैरकानुनी ढंगले विदेशीहरु बसिरहेको देखाएको थियो । त्यसका आधारमा पुलिसहरुले नोटिस जारी गर्ने, गिरफ्तार गरी बन्दीकेन्द्रहरुमा राख्ने र निर्णयकालागि गठन गरिएका (ट्रिब्यूनल) न्यायलयमा हाजिर गराउने काम गरिरहेका छन् । एनआरसीको प्रकृयाको यो प्रकरणले नाम नपरेकाहरुमाथि ठूलो दबाव परेको समाचार श्रोतहरुले जनाएका छन् । यो दबावका कारणले मानिसहरुमा डिप्रेशनको रोग फैलिरहेको र कैयन मानिसहरुले आत्महत्या समेत गरेको वायर नामक पत्रिकामा गुवाहाटी गौरव दासले उल्लेख गरेका छन् ।

            असम विभिन्न ठाऊँहरुमा  एनआरसीमा नपरेका १७ हिन्दु बंगालीहरुले आत्महत्या गरेको बताईएको छ । गुवाहाटीबाट नजिकै रहेको खारुपेटियामा मात्रै २५००० मध्ये ८००० जनाको नाम परेको छैन ।
अक्टोवर २१ तरिखका दिन खारुपेटियाका ६९ वर्षिय निरोध वर्मन दास ले एनआरसीमा आफ्नो नाम नआएपछि आत्महत्या गरेका छन् । उनि १९४६मा असमको तेजपुरमा जन्मिएका थिए । उनको शिक्षा तेजपुरमा भएको थियो । पछि उनि खारुपेटिया कलेजमा अंग्रेजीका प्रोफेसर भए । शिक्षण पेशाबाट निवृत्त भएपछि उनि वकालत पनि गर्न थालेका थिए । उनको हत्याले धेरैलाई आश्चर्यमा पारेको छ ।
यसअघि धुबुरीमा ७० वर्षिय देवेन वर्मा, ४५ वर्षिया सहिमोन बीबीले पनि अत्महत्या गरेका थिए । जुलाई महिनामा अबोला रोयले उनकी पत्नि डिभोटर भएकोले दुवैजनाले आत्महत्या गरेका थिए । यी केही उदाहरणहरु मात्रै हुन् । यथार्थमा यो संख्या निकै ठूलो बन्दै गएको अनुमान गरिंदै छ । यसरी असमको एनआरसीले राजनीतिक मात्र नभई ठूलो मानविय समस्यको रुप लिंदै जाने खतरा देखिएको छ ।         














टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष