संदेश

कोरोना # प्रकोप लेबल वाली पोस्ट दिखाई जा रही हैं

कोरोना अपडेट : कोरोना विरुद्ध करोडको जुलुस पो गर्ने हो कि, हँ ?

चित्र
कोरोनाको प्रकोप को यो समयमा  सबैले समन्वय र सहकार्य नगर्ने हो भने विपद निश्चित छ। सरकारले उचित  व्यवस्थापन र नीति नियम बनाउने हो।  पालन गर्ने जनताले हो।     हिजो अर्थात् मार्च २२ तारीख अचानक एउटा झस्काउने खबर केही संचार माध्यममा आयो । वीरगंजका व्यापारी उपचारकालागि पटना रेफर भएका र त्यहाँको परिक्षणले उनि कोरोनाबाट संक्रमित देखाएको भन्ने खबर नेपालीहरुकालागि सन्त्रास र दुःख दुवै दिने खालको थियो । यो खबर दिने संचार माध्यमहरुले जिल्लाका आधिकारीक व्यक्तिबाट पुष्टि भएको उल्लेख पनि गरेका थिए । यसैले धेरैले यो खबरलाई अफवाह नभएर सबैलाई सचेत तुल्याउने उद्द्श्यले फैलाउने प्रयास पनि गरे । असम्भव नभएको तर अप्रत्यशित यो खबरप्रति अधिक चासो नहुने कुरै भएन । फेरि अर्को सुखद समचार पनि आयो कि ती संक्रमित भनिएका व्यक्ति नेगेटिभ प्रमाणित  भए । समाचारले मानिसहरुलाई सचेत बनाउला भनेर आफ्नो पोष्टमा राख्नेमा म पनि एकजना थिएँ । जब त्यो समाचार असत्य भएको प्रतिसमाचार आयो तब ग्लानीबोध गरिरहेको म हर्षित भएँ । ती व्यक्तिलाई स्वस्थ्य लाभको कामना । अपडेट कोरोना   आजभोलि...