जनयुद्ध, प्रचण्ड र गिरिजाको प्रसंग वरीपरी

जनयुद्ध को महत्व गणतन्त्र संघीयता प्रति जनताको विश्वास जगाउन सके मात्र सावित हुनेछ। यस पटक पनि फागुनको पहिलो दिन सरोकारवालाहरुले जनयुद्ध दिवस मनाए । जनयुद्ध भनिने रक्तपातपूर्ण संघर्ष गरेको नेकपा माओवादी र त्यसको कट्टर आलोचक रहँदै आएको नेकपा एमाले मिलेर बनेको अहिलेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पनि जनयुद्ध दिवसको संझनामा यसपटक पनि समारोह आयोजन गरेको थियो । सो समारोहमा तत्कालिन एमालेपक्षका उपल्लो तहका नेताहरुको अनुपस्थिति भए । खासगरी प्रधानमंत्री केपी ओली समारोह आउने प्रचार गरिए पनि आएनन् । उनि अस्वस्थ भएकोले समारोहमा आउन नसकेको बताईएको थियो । एकता भएपछि पनि नेकपाभित्र जनयुद्धलाई हेर्ने दृष्टिमा मतैक्यता नरहेको रुपमा उनको अनुपस्थितिलाई अथ्र्याईएको छ । यो शंका त्यति अस्वभाविक पनि देखिंदैन किनभने एकताको समयमा यस्ता विवादलाई भन्दा चुनावको नतिजालाई आफ्नो पक्षमा पार्ने कुरालाई प्राथमिकतामा राखिएको थियो । यस्ता नीतिगत विवादहरु नेकपाको आगामी महाधिवेशनले मात्र किनारा लगाउने छ । त्यस अगावै पार्टीभित्र दुईधारे तुषहरु देखिई रहने छन् । त्यसबेला के...