एमालेमा विग्रह : नारा एकताको दिशा विखण्डनको

तल्लो वर्गका शोषित जनताहरुलाई समानतामा आधारित साम्यवादमा अधारित शासन व्यवस्था स्थापना गर्ने सपनाका साथ शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन आजसम्म आईपुग्दा दलाल पूँजीवादी लोकतन्त्रमा पालन गरिने न्यूनतम राजनीतिक मूल्य मान्यताहरुबाट पनि च्यूत हुँदैगैरहेको देखिंदैछ । सम्यवादकालागि प्रतिकुल विश्व परिस्थितिमा मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादबाट पूँजीवादी लोकतन्त्रमा छिरेको नेपाली साम्यवादी मुलधारले जसरी आफुलाई पतनको संघारमा उभ्याएको छ त्यो डरलाग्दो छ । व्यापक जनसमर्थनका वावजुद पनि आज जून विन्दुमा त्यो आईपुगेको छ , त्यो उसैकालागि प्रतिकुल देखिन्छ । त्यहाँ न कुनै नीति र सिद्धान्त बाँकी छ न नैतिकता । त्यहाँ केवल गुटगत अहंकार, पदीय भागबण्डा र अनैतिक आर्थिक लेनदेन मात्र व्याप्त छ । यसको पतनोन्मुख अवस्थाले नेपाल जस्तो भूराजनीतिको चर्को दवाव भोगिरहेको कमजोर देशको राजनीति नै अस्थिर बन्नपुगेको छ । जसले विदेशी स्वार्थहरुलाई नेपालमा निर्बाध चलखेल गर्न सहजता प्रदान गरिरहेको छ । कर्णाली प्रदेशमा एमालेका ...