संदेश

ग्रामिणअर्थतन्त्र लेबल वाली पोस्ट दिखाई जा रही हैं

ग्रामिण अर्थतन्त्र : नयाँ जीवन कसरी संभव होला !

चित्र
नेपाल को ग्रामिण अर्थतन्त्र को विकास न भै समग्र विकास संभव छैन । रित्तिएको गाऊँमा जब युवाहरुको सुन्दर सपना फुल्न थाल्ने छ तब खेतबारीमा अन्न, तरकारी फलफूल खेती भरिभराउ हुनेछ । पाखापखेराहरुमा पशुपालन गरिने छ र शहरहरुमा तिनिहरुको पहुँच हुनेछ । उत्पादनहरुको पहुँच नेपाल बाहिरसम्म पुग्ने छ । तब मात्र देशको मुहार फेर्न सकिने छ ।   केही महिना पहिला पर्वत जिल्लाको फलेवासमा एउटा सामान्य चियापसलमा चिया पिउँदै गरेका ६०  वसन्त नाघेका  नन्दलालले यो पंक्तिकारसंग गरेको कुराकानीले नेपालको ग्रामिण क्षेत्रमा चल्दैआएको पारम्परिक आत्मनिर्भर अर्थतन्त्र कसरी छिन्नभिन्न भएछ भन्ने तस्विर देखाउँछ ।  काम गर्न नपर्ने र बसीबसी खानपुग्ने अवस्थालाई विकास भन्ने हो भने अहिले विकास भएको छ, भन्न पर्ला तर यो विकास हो जस्तो मलाई लाग्दैन— चियाको सुर्को पिउँदै उनले भने । त्यतिबेलै जिल्ला सदरमुकामबाट आएको बसले चिया पसल नजिक रोकिएर तीनबटा ग्यासका सिलिण्डरहरु र चामलका तीनवटा बोराहरु झार्यो  । समान झारेर त्यो बस लुंखु देउरालीतिर अगाडी बढ्यो । देख्नुभयो डेढ दशक पहिलेसम्म हामीले वर्षभरी खाना पकाउन...