संदेश

नेपालभारत लेबल वाली पोस्ट दिखाई जा रही हैं

भारतीय प्रधानमंत्री मोदीको नेपाल भ्रमण हुने

चित्र
  नेपाल भारत सम्बन्ध भौगालिक रुपले पौराणिक कालदेखि नै चलिआएको हो । साँस्कृतिक रुपले दुवै देश एउटै सुत्रमा बाँधिएका छन् तर राजनीतिक रुपको भिन्नतालाई पनि आत्मसात गर्नु आजको अपरिहार्यता हो । यतिबेला निकट भविष्यमा भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल आगमन हुने चर्चा चलिरहेको छ । बाक्लिंदो यो भेटघाटलाई केही सकारात्मक संकेतका रुपमा लिन पनि सकिन्छ । त्यसै संदर्भलाई लिएर भारतीय गुप्तचर संस्था “र” का प्रमुख केही समय अघि नेपाल आएका थिए । अब छिट्टै भारतीय विदेशमंत्री एस जयशंकर नेपाल आउने चर्चा चलिरहेको छ । मोदी दोस्रो पटक लोकसभाको चुनावी जीतपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको बताईएको छ । नेपाल र भारतमा भर्खरै आएको विनाशकारी बाढीको पीडाले हजारौं मानिसहरु छट्पटाई रहेको समयमा भारतीय प्रधानमंत्रीको नेपाल भ्रमणले केही मलहम पट्टी लगाउन सहयोग पो गर्ला कि — भनेर आशा गर्नेहरुको संख्या दुवैतिर ठुलो छ ।         जब भारतीय ओहोदावालहरुको नेपाल भ्रमणको समय आउँछ तब नेपालमा दुई प्रकारका मानिसहरुको सक्रियता अस्वभाविक ढंगबाट बढ्ने गरेको देखिन्छ । यो सक्रियता...