संदेश

रान्डीबेरी लेबल वाली पोस्ट दिखाई जा रही हैं

अमेरिकी राजदूत बेरीको चाहना : कूटनीतिक मर्यादा विपरीत

चित्र
                 नेपाल स्थित अमेरीकी राजदूत रान्डी बेरी ले सामाजिक संजालमा नेपाली जनतासंग सिधा संवाद गर्ने तरखरमा लागेको खबर एक्कासी चर्चामा आएको छ । यसले नेपालमा यतिबेला हल्लीखल्ली नै मचिएको छ । यसलाई नेपाल चीनतिर ढल्किदै गएको परिप्रेक्षमा अमेरिकाले आफ्नो चासो घनिभूत पार्न खोजेको हो कि भन्ने अड्कल काट्न थालिएको छ । राजदूत बेरीको परराष्ट्रमंत्रालयसंग अनुमति नलिई कनै गर्न थालिएको यस प्रयासलाई कुटनीतिक मर्यादा विपरित भनेर आलोचना गरिएको छ । नेपालमा रहेका केही अन्य विदेशी कुटनीतिकहरुले विभिन्न बहनामा नेपालमा विना जानकारी आफुखुशी देशका विभिन्न भागमा जाने र भेटघाट गर्ने नेपाललाई दबाव दिन जमघट आयोजन गर्ने गैरकुटनीतिक गतिविधि गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघ जस्तो साझा संस्थामा आएका प्रतिनिधिहरुले समेत विभिन्न स्वार्थकालागि लबिङ गरेका उदाहरण पनि छन् । यी दुस्प्रयासहरुलाई नियन्त्रण गर्ने प्रयास नगरेर त्यसमा नै रमाउने कार्य राजनीतिक दलहरुले गरेर देशको शिर निहुर्याएका छन् । विदेशीहरुसंग परराष्ट्र निकायलाई जानक...