अमेरिकी राजदूत बेरीको चाहना : कूटनीतिक मर्यादा विपरीत

              

  नेपालस्थित अमेरीकी राजदूत रान्डी बेरीले सामाजिक संजालमा नेपाली जनतासंग सिधा संवाद गर्ने तरखरमा लागेको खबर एक्कासी चर्चामा आएको छ । यसले नेपालमा यतिबेला हल्लीखल्ली नै मचिएको छ । यसलाई नेपाल चीनतिर ढल्किदै गएको परिप्रेक्षमा अमेरिकाले आफ्नो चासो घनिभूत पार्न खोजेको हो कि भन्ने अड्कल काट्न थालिएको छ ।

राजदूत बेरीको परराष्ट्रमंत्रालयसंग अनुमति नलिई कनै गर्न थालिएको यस प्रयासलाई कुटनीतिक मर्यादा विपरित भनेर आलोचना गरिएको छ । नेपालमा रहेका केही अन्य विदेशी कुटनीतिकहरुले विभिन्न बहनामा नेपालमा विना जानकारी आफुखुशी देशका विभिन्न भागमा जाने र भेटघाट गर्ने नेपाललाई दबाव दिन जमघट आयोजन गर्ने गैरकुटनीतिक गतिविधि गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघ जस्तो साझा संस्थामा आएका प्रतिनिधिहरुले समेत विभिन्न स्वार्थकालागि लबिङ गरेका उदाहरण पनि छन् । यी दुस्प्रयासहरुलाई नियन्त्रण गर्ने प्रयास नगरेर त्यसमा नै रमाउने कार्य राजनीतिक दलहरुले गरेर देशको शिर निहुर्याएका छन् । विदेशीहरुसंग परराष्ट्र निकायलाई जानकारी नगराई देशको महत्वपूर्ण ओहोदामा पुगेका नेताहरु पनि मर्यादाको ख्याल नगरिकनै भेट्न जाने काम गर्दै आएका छन् । यसले पनि देशको कुटनीतिक नूर गिर्दै आएको छ ।
     
नेपालको विदेश नीति सावधानी वस्तुपरकता भन्दा एकखालको त्रासबाट निर्देशित रहँदै आएको छ । वरीपरी दुई ठूला र शक्तिशाली देशहरु तिनीहरुबाट वेलाबखत अस्तित्वमाथि नै आँच आउन सक्नेगरी खडागरिने अप्ठ्याराहरु र कहिलेकहीं अत्यन्त सहयोगीका रुपमा बढाईने हातहरु कती सच्चा सहयोगी हुन भनेर ठम्याउन नसकिने अन्योलताले अँठ्याईरहेको हुन्छ । नेपाली कुटनीतिको वर्तमान पनि यहि त्रासबाट अभिशप्त छ । विगतमा पनि तिब्बत र सिक्कीमले आफ्नो अस्तित्व गुमाऊँदा अर्को प्रहार आफै माथि नै आईलाग्ने हो कि भन्ने त्रासबाट नेपाल पिडित बन्यो ।

आफुले आन्तरिक आर्थिक र राजनीतिक व्यवस्थापन गर्न नसकेर गरीब र पछौटे बनेका कारण नेपाल कमजोर छ । उसंग बलियो कुटनीतिकालागि आवश्यक मोलतोल गर्ने क्षमताको अभाव छ । त्यसैले नेपालको कुटनीतिमा त्रास हावी छ । यो स्थितीबाट पार पाउन नेपालले यदाकदा गरेका प्रयासहरुलाई अर्को पक्षकालागि प्रयोग गरिएको कार्डका रुपमा अथ्र्याउने गरियो । देशको कमजोर अवस्थालाई सुधार्न नेपालका राजनीतिक शक्तिहरुले बेलैमा उचित कदम चाल्नुको सट्टा विदेशी स्वार्थमा संचालित हुने भूल गर्दै आए । विदेशीहरुको ईशारामा जात धर्म क्षेत्रका वास्तविकता भन्दा अतिवादी कुरा गरेर उनिहरुले देशलाई संकटको भुमरीमा फँसाए । राजदूत बेरीको प्रयास पनि यसैको पछिल्लो कडी मात्र हो ।
      
राष्ट्रपति विद्यादेवी भण्डारीको बिआरआई फोरममा भागलिएको र त्यसै सेरोफेरोमा चीनसंग केही महत्वपूर्ण सम्झौताहरुका प्रोटोकलहरुमा हस्ताक्षर समेत भैसकेको छ । बिआरआईको आगामी कार्यक्रमहरुमा नेपाललाई चीनको रेलसंजालसंग जोड्ने पहिलो पटक उल्लेख गरिएको छ । यी घटनाहरुको  महिनादिन पनि नबित्दै नेपालस्थित अमेरिकी राजदूतले चाल्न खोजेको कदमले अर्थपूर्ण संदेश दिन खोजेको हो कि भन्ने आशंका पनि गरिएको छ ।

नेपालमा बाहिरी देशहरुका कुटनीतिक नियोगहरुले प्रकृया मिचेर भेटघाट गर्ने चलन नौलो भने होईन । यसले नेपालको कमजोर कुटनीति तस्विर देखाऊँछ । उत्तर र दक्षिणतिर भिन्न स्वार्थ भएका विशाल देशहरु भएको र अमेरीका, युरोपियन युनियनहरु जस्ता परका देशहरुका आँखापरेको रणनीतिक देशको कुटनीतिक दुरावस्थाले राम्रो संकेत गर्दैन । यी देशहरु केवल आफ्नो स्वार्थहरु कै लागि नेपालमा भएका मात्र होईनन्, उनिहरुले नेपाललाई विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग समेत गर्दैआएका छन् । यसले नेपाललाई उनिहरुलाई ठिकढंगले व्यवस्थापन गर्न होशियारी पूर्वक कदम चाल्नुको विकल्प छैन । यो दिशामा कदम चाल्न अब ढीलो भैसकेको छ । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष