संदेश

नागरीकताकानुन लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेपालमा अर्को शरणार्थी समस्या बल्झिन सक्छ

चित्र
भारत मा संशोधित  नागरीकता कानुन ले उत्पन्न दबावका कारण विस्थापितहरू खुला सिमाना प्रयोग गर्दै  नेपाल आउने सम्भावना छ। photo: The Deplomat भारतमा संशोधित नागरीकता कानुनको विरोधमा चलिरहेको असंतोषले छरछिमेक पनि चासो बढिरहेको । दक्षिण एशियाका देशहरु साँस्कृतिक र धार्मीक रुपले भारतसंग गहिरो सम्बन्धमा बाँधिएका छन् । राजनीतिक र कुटनीतिक रुपमा भारतसंगका सम्बन्धहरुमा उतारचढाव हुने गरेको भएपनि जनस्तरको साँस्कृतिक र धार्मीक सम्बन्ध बलियो छ । त्यसैले भारतमा अहिले देखिएको समस्यालाई त्यहाँका पक्ष विपक्षका शक्तिहरुले आपसमा समझदारीका साथ समाधान गर्न सकुन् भन्ने चाहिरहेका छन् । धार्मीक आधारमा देखिएको यो असंतोषले नेपाल जस्तो भारतसंग खुल्ला सिमाना भएको देश बढी नै जोखिममा पर्ला कि भन्ने चिन्ता गर्न थालिएको छ । नयाँ संशोधित कानुनले अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि उत्पिडन रहेको स्पष्ट संकेत गरेकोले ती देशहरु स्वभाविक रुपले सशंकित छन् । बंगलादेशले भारतमा ठूलो संख्यामा अवैध रुपले आएका भनिएका बंगलादेशी मुसलमानहरुलाई अन्ततः फिर्ता लैजान दबाव दिईएला भनेर सशंकित र...