नेपालमा अर्को शरणार्थी समस्या बल्झिन सक्छ

भारतमा संशोधित  नागरीकता कानुनले उत्पन्न दबावका कारण विस्थापितहरू खुला सिमाना प्रयोग गर्दै  नेपाल आउने सम्भावना छ।

photo: The Deplomat

भारतमा संशोधित नागरीकता कानुनको विरोधमा चलिरहेको असंतोषले छरछिमेक पनि चासो बढिरहेको । दक्षिण एशियाका देशहरु साँस्कृतिक र धार्मीक रुपले भारतसंग गहिरो सम्बन्धमा बाँधिएका छन् । राजनीतिक र कुटनीतिक रुपमा भारतसंगका सम्बन्धहरुमा उतारचढाव हुने गरेको भएपनि जनस्तरको साँस्कृतिक र धार्मीक सम्बन्ध बलियो छ । त्यसैले भारतमा अहिले देखिएको समस्यालाई त्यहाँका पक्ष विपक्षका शक्तिहरुले आपसमा समझदारीका साथ समाधान गर्न सकुन् भन्ने चाहिरहेका छन् ।

धार्मीक आधारमा देखिएको यो असंतोषले नेपाल जस्तो भारतसंग खुल्ला सिमाना भएको देश बढी नै जोखिममा पर्ला कि भन्ने चिन्ता गर्न थालिएको छ । नयाँ संशोधित कानुनले अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि उत्पिडन रहेको स्पष्ट संकेत गरेकोले ती देशहरु स्वभाविक रुपले सशंकित छन् । बंगलादेशले भारतमा ठूलो संख्यामा अवैध रुपले आएका भनिएका बंगलादेशी मुसलमानहरुलाई अन्ततः फिर्ता लैजान दबाव दिईएला भनेर सशंकित रहेको देखिंदै छ । ढाका यतिबेला भारतलाई लक्षित गर्दै तीखो आलोचना गरिरहेको छ । भारतको असम राज्यमा चार वर्ष पहिला एनआरसी प्रकृया शुरु भए देखि नै प्रतिक्रिया जनाऊँदै आईरहेको छ । पछिल्लो पटक उसले भारतमा अवैध रुपमा रहेका आफ्ना नागरीकहरु छन् भने तिनको सूचि उपलब्ध गराउन चुनौती दिएको छ । भारतको अर्को छिमेकी पाकिस्तानबीचको सम्बन्ध शुरुदेखि नै कटुतापूर्ण छ । यो कटुताबीच भारतमा ल्याईएको कानुन छायाँमा परेझैं देखिए पनि चासो पाकिस्तानमा पनि छ । पाकिस्तानले यसलाई भारतीय मुसलमानहरुलाई दोस्रो दर्जाको नागरीक बनाउन खोजिएको रुपमा बुझेको छ । अफगानिस्तानले पनि तालिवान सत्ताको पतनपछि अफगान नागरीकहरुलाई धर्मका आधारमा विभेद नगरिएको जनाएको छ ।

नेपाल भारत खुला सिमानाबाट तेश्रो देशका नागरीकहरु बेरोकटोक प्रवेश गरेको वा गराईएको भुटानी शरणार्थीहरुको समस्या नेपालले पहिल्यै भोगिसकेको छ । प्रजातन्त्रकालागि भूटानमा संघर्ष गरेका कारण त्यहाँका नागरीकहरु माथि राज्यको दमनले विस्तापितहरु देश छाड्न वाध्य भएका थिए । उनिहरुलाई भारतबाट सरकारले नेपालतिर ल्याएर नेपाल जान वाध्य पारिको थियो । भारतले नेपालबाट पुन भूटान फर्कन चाहने शरणर्थिहरुलाई समेत भारत प्रवेश गर्न रोक लगाएको थियो । भारतको यस्तो रवैया अनपेक्षित थियो । पछिल्ल दिनहरुमा भारत नेपालको खुल्ला सिमाना प्रयोग गर्दै बंगलादेशमा शरण लिएका म्यानमारका बढ्दो संख्यामा रोहिंगिया मुसलमानहरु काठमाण्डौ आउन थालेका छन् ।

 यसपटक पनि भारतमा गैरकानुनी रुपमा रहेका ईश्लाम धर्माबलम्बीहरु खुला सिमानाबाट नेपाल पस्लान् वा पसाईएलान् भन्ने चिन्ता बढेको छ । आसामतिरबाट पनि नेपालीहरुकानिम्ति एनआरसी होईन भन्दै पुस्तौंदेखि बसोवास गर्दै आएका र नेपालसंग कुनै सम्बन्ध नै नभएका नेपालीभाषीहरुलाई डी भोटर र सन् १९५०को सन्धि अनुशार आएका विदेशी भनेर नेपालतिर धकेलिने खतरा बढेको छ । भूटानी शरणार्थी समस्याले नेपाललाई दिएको शिक्षा यही नै हो । त्यसैले सिमानामा चनाखो रहन नेपाललाई आवश्यक छ । समयमा नै होश नपुर्याउने हो भने अर्को समस्या उत्पन्न हुन सक्दछ ।
          

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष