संदेश

केपीओली लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेकपामा पार्टी भन्दा गुटहरुको चिन्ता

चित्र
प्रधानमंत्री केपी ओली नेकपाका कमिटिहरुमा अल्पमतमा परेपछि सकसमा परेका छन् । पार्टी अनुशासन कमजोर देखिएको छ । पार्टी पंंतीमा भने ओली बलिया छन् । यसले नेपालको राजनीतिक अवस्थालाई नै दुषित गर्ने संभावना बढेको छ । देश COVID-19 का विरुद्ध लकडाउनमा रहेको बेला सरकारद्वारा ल्याईएका विवादास्पद अद्यादेशहरु र त्यसका विरुद्ध भएको सर्वत्र विरोधपछि त्यसको खारेजीपछि सबै धुवाँ यतिबेला नेकपाभित्र थिग्रिन पुगेको छ । अध्यादेशका दुई निशाना संघीय समाजवादी पार्टी भित्रका नेतृत्वप्रति असंतुष्ट सांसदहरुलाई विभाजित गरी नेकपामा मिसाउने र नेकपाभित्रका प्रम केपी ओलीको कार्यशैलिप्रति असन्तुष्ट खेमालाई झस्काउने थिए । सरकारले अद्यादेश ल्याउने कुरा असंवैधानिक नभए पनि लकडाउनको समय पारेर ल्याईनुलाई सफा नियत मान्न सकिने कुरा थिएन । अद्यादेशको वरपर सांसद अपहरणको आरोप प्रत्यारोपदेखि लिएर सामाजिक संजालमा कुरा बुझ्ने नबुझ्नेहरुका सभ्य असभ्य जस्ता लाग्ने टिप्पणीहरुको आँधी नै चल्यो । त्यो आँधीमा आममानिसहरुले सत्य कुरो केलाएर बुझ्न सक्ने कुरा कम जोखिम थिएन । विभिन्न सुत्रहरु भिडाएर हेदार्, समाजवादीका आठजना नेतृत्वप्रति असंतुष्ट ...

सरकारको नीति र कार्यक्रम : कुरा भन्दा कामको खाँचो

चित्र
नेपाल सरकार को नीति र कार्यक्रम केबल  सामान्य आंकलन  हो। केपी ओली सरकारले बेथितिलाई नियंत्रण गरोस र देश लाई विकासको बाटोमा अगाडी  बढाओस भन्ने चाहना जनतामा छ। संसदलाई सम्बोधन गर्दै राष्ट्रपति  सरकारले यसवर्षको नीति र कार्यक्रम यहि बैशाख २० गते राष्ट्रपतिको संबोधन मार्फत संसदमा पेश गरेको छ । यसले एक वर्षलाई मात्र नसमेटेर निरन्तरतामा चलिरहेका कार्यक्रम र आगामी वर्षहरुलाई पनि ओगट्ने केही कार्यक्रमहरु यसमा समावेश गरेको छ । अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याईने, सातै प्रदेशहरुमा औधोगिक क्षेत्र, राजमार्गमा आपतकालिन हवाई अवतरण संभव बनाईने, केही खानीहरु संचालन गरिने, आर्थिक वृद्धिदर दश भन्दामाथि उकाल्ने, साक्षर नेपाल बनाईने र सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरुको तलबमानमा वृद्धि गरिने जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् । बितेको वर्षमा जनताले आशा गरे अनुरुपको काम गर्न असफल भएको आरोप लाग्दै आएको सरकारले आफ्नो प्रतिरक्षामा नीति र कार्यक्रम मार्फत् जनताले अनुभव गर्ने कार्यक्रम ल्याएर काम गरेर देखाउने बताऊँदै आएको थियो । यद्यपि नीति र कार्यक्रम कुनै ठोस प्रत...

अन्यौलतामा ओली सरकार

चित्र
प्रधानमन्त्री ओली                        केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को सरकारले सत्तारोहण गरेको नौ महिना बितिसकेको छ । बितेको समयमा यो सरकारले उपयुक्त ढंगले काम गर्न नसकेको भनेर टिप्पणी गर्न थालिएको छ । विगतलामो समयदेखि नेपालका सरकारहरुको औसत आयु नौ दश महिनाको हुनेगरेकोले यस अवधिमा सरकारको प्रवृत्तीबारे खोजीनिति शुरुहुनु अस्वभाविक छैन । चुनावमा आक्रमक छवी बनाएर सत्तामा पुगेका प्रम ओली भने पछिका दिनहरुमा त्यो आक्रमकतालाई कायम राख्न नसकेको देखिन्छ । प्रदेशहरुलाई समयमा नै कर्मचारी र नियम कानुनको स्पष्टता दिन नसक्नाले पनि उनको आलोचना हँुदै आएको । सात मध्ये छ प्रदेशहरुमा नेकपा कै सरकारहरु छन् । गठनको दश मैना बितीसक्दा पनि प्रदेशहरुले कार्य दिशा प्राप्त गर्न नसक्नुले संघीयता प्रतिनै जनमानसमा अनास्था उत्पन्न हुने खतरा छ । प्रधानमंत्री ओलीले बेलाबखत आफ्नो टीमले उचित ढंगले काम गर्न नसकेको वा कर्मचारी र पार्टी पङतीबाट साथ नपाएको भन्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् । यसै सन्दर्भमा सम्बन्...

ओलीको भारत भ्रमण: उच्च सम्मान भित्र लुकेको आशंका

    प्रधानमंत्री केपी शर्मा ओली लगभग त्रिपन्नजना सम्मिलित भ्रमण टोलीको नेतृत्व गर्दै आज चैत्र तेईस गते दिल्लीको ईन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाई अड्डामा नेपाली विमानबाट ओलिएका छन् । त्यहा पुग्दा उनलाई सरकारका दोस्रो वरियताका गृहमंत्री राजनाथ सिंह ले स्वागत गरेका थिए ।  यो आतिथ्यलाई पूर्वप्रधानमंत्री गिरिजाप्रसाद कोईराला पछि भारत ले नेपाली प्रधानमंत्रीलाई दिएको उच्च सम्मानका रुपमा हेरिएको छ । स्वर्गीय गिरीजाप्रसाद कोईराला भारत भ्रमणमा जांदा भारतका तत्कालिन प्रधानमंत्री मनमोहन सिंह आफै विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।      आज पहिलो दिन प्रधानमंत्री ओलीले मुख्यरुपमा  विजिनेस फोरममा भारतका उद्यमी र लगानीकत्र्ताहरुलाई भेटेका छन् । सो फोरमलाई सम्बोधन गर्दै प्रधानमंत्रीले नेपालमा लगानीका लागी आहवान गर्दै नेपालमा विदेशी लगानीलाई पनि उपयुक्त सुगमता दिने प्रतिवद्धता धरै पटक दोहो¥याए । भारतीय लगानीकत्र्ताहरुले पनि आफ्ना जिज्ञासाहरु राखेका थिए ।       अर्को महत्वपूर्ण कुरा आजै अप्रत्यशित रुपमा दुई प्रधानमंत्रीहरु बीच एकान्त वार्ताक...