अन्यौलतामा ओली सरकार
प्रधानमन्त्री ओली |
केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्तारोहण गरेको नौ महिना बितिसकेको छ । बितेको समयमा यो सरकारले उपयुक्त ढंगले काम गर्न नसकेको भनेर टिप्पणी गर्न थालिएको छ । विगतलामो समयदेखि नेपालका सरकारहरुको औसत आयु नौ दश महिनाको हुनेगरेकोले यस अवधिमा सरकारको प्रवृत्तीबारे खोजीनिति शुरुहुनु अस्वभाविक छैन ।
चुनावमा आक्रमक छवी बनाएर सत्तामा पुगेका प्रम ओली भने पछिका दिनहरुमा त्यो आक्रमकतालाई कायम राख्न नसकेको देखिन्छ । प्रदेशहरुलाई समयमा नै कर्मचारी र नियम कानुनको स्पष्टता दिन नसक्नाले पनि उनको आलोचना हँुदै आएको । सात मध्ये छ प्रदेशहरुमा नेकपा कै सरकारहरु छन् । गठनको दश मैना बितीसक्दा पनि प्रदेशहरुले कार्य दिशा प्राप्त गर्न नसक्नुले संघीयता प्रतिनै जनमानसमा अनास्था उत्पन्न हुने खतरा छ । प्रधानमंत्री ओलीले बेलाबखत आफ्नो टीमले उचित ढंगले काम गर्न नसकेको वा कर्मचारी र पार्टी पङतीबाट साथ नपाएको भन्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् । यसै सन्दर्भमा सम्बन्धित निकायका मुखियाहरुलाई बोलाएर कडा निर्देशन दिएको खबर पनि सुनिन्छ तर कार्यप्रगतिले गतिलिएको कहीं देखिंदैन । यसले उनको निरिहताको प्रतिबिम्बित गर्दछ ।
आफु अकर्मण्यहरुको घेराभित्र परेको आभाष दिने प्रमका अभिव्यक्तिहरुले जनताबाट उनलाई सहानुभूति मिल्ने कुनै संभावना छैन । किनभने जनताले उनलाई शक्तिशाली प्रधानमंत्रीका रुपमा स्थापित गरिसकेको छ । अब उसले निरिह प्रधानमंत्री चाहेको होईन । देशकोलागि आक्रमक ढंगबाट भाषणबाजी गर्ने केपी उसले देखिसकेको हो र अब सोही शैलिमा काम गर्ने प्रधानमंत्री केपी ओली चाहेको हो । प्रधानमंत्रीले आफु वरपर रहेको अकर्मण्यहरुको घेरा नाघेर सोझै जनताको सरोकार बारेमा जनतासंग संवाद गर्न सक्नु पर्दछ । पार्टीभित्रको गुटबन्दीको पर्खाल भत्काएर जनताका समिप रहेका कार्यकर्ताहरुसंग संवादको थालनी गर्न सक्नु पर्दछ । अब पनि यो काम शुरु नगर्ने हो भने मुलुकले नराम्रो क्षती बेहोर्नु पर्ने निश्चित छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.