संदेश

प्रधानमंत्रीओली लेबल वाली पोस्ट दिखाई जा रही हैं

नया मंत्रिमंडलले जन्माएका आशंकाहरू

चित्र
प्रधानमंत्री ओली ले लामो चर्चापछि आफ्नो मंत्रीमण्डल मा फेरबदल गरेका छन् तर यसले आशंकाहरूको पुरा निराकरण गर्न नसकेको चर्चा छ।    आफ्नो सरकारका धेरै मंत्रीहरुले आफुले चाहे अनुशारको काम गर्न नसकेको छनक दिंदै आएका प्रमले विगत केही समयदेखि मंत्रीमण्डलमा फेरबदल गर्ने अपेक्षा गरिंदै आएको थियो ।पदहरूको लिलाम गर्ने परम्परा रहेको देशमा फेरि त्यही परम्परा दोहोरियो कि भन्ने आशंका पनि आममनिसहरूमा  देखिएको छ।    देश नयाँ संरचनामा गएकोले त्यसलाई व्यवस्थित गराउने जटिल परिस्थितिमा काम गर्ने दायित्व सरकारमाथि थियो र अझै पनि छ । दुईतिहाई बहुमत साथ सत्तामा पुगेका प्रम ओलीसंग जनताको ठुलो आशा र भरोसा थियो । बितेका दुई वर्षहरुमा जुन गतिकासाथ सरकारले काम गर्नु पर्ने हो त्यस अनुरुप काम हुन नसकोको आम मानिसहरुको गुनासो  रहिआएको थियो । त्यसै परिप्रेक्षमा मंत्रिमण्डलमा यो परिवर्तन गरिएको बताईएको छ ।  मंत्रिमण्डलमा समावेश गरिएका केही नयाँ अनुहार बारे अहिल्यै केही भन्न नसकिए पनि सरकारमा रहँदा राम्रो काम गरिएको ठानिएका केही मंत्रीहरु हटाईएको र केही हटाउन पर्ने ठानिए...

दबावहरुकाबीच प्रमओलीको चीन भ्रमण

चित्र
                                                                        बाबुराम पौड्याल प्रधानमंत्री खड्गप्रसाद ओली असार ५ गते चीनको पांचदिने भ्रमणमा जांदै छन् । यसअघि प्रधानमंत्रीको रुपमा चीनजांदा ओलीसंग भारतले नेपालमाथि लगाएको पांचमहिना लामो नाकाबन्दी र त्यसपछि भारत भ्रमणमा जांदासमेत कुरा नमिलेको इख पनि थियो ।                  नेपाली जनतामा भारतले गरेको हेपाहा प्रवृत्तीप्रति व्यापक असंतोषले पनि उनको महत्वकांक्षालाई ठुलो आधार दिएको थियो । चीनले पनि ओलीको भ्रमणलाई उच्चमहत्व दिएको थियो । त्यसबेला नेपालमा भारतको प्रभावलाई कम गर्ने रणनीतिक महत्वका सम्झौताहरु चीनसंग ओलीले गरे । जसले गर्दा ओली देशभित्र लोकप्रिय बन्नपुगे । उनको यो लोकप्रियतासामु आफुलाई नेपाल र प्रजातन्त्रको पर्याय ठान्दै आएको नेपाली कांग्रेसको हैसियत निराशालाग्दो गरी खुम्चियो भ...