दबावहरुकाबीच प्रमओलीको चीन भ्रमण
बाबुराम पौड्याल
प्रधानमंत्री खड्गप्रसाद ओली असार ५ गते चीनको पांचदिने भ्रमणमा जांदै छन् । यसअघि प्रधानमंत्रीको रुपमा चीनजांदा ओलीसंग भारतले नेपालमाथि लगाएको पांचमहिना लामो नाकाबन्दी र त्यसपछि भारत भ्रमणमा जांदासमेत कुरा नमिलेको इख पनि थियो ।
नेपाली जनतामा भारतले गरेको हेपाहा प्रवृत्तीप्रति व्यापक असंतोषले पनि उनको महत्वकांक्षालाई ठुलो आधार दिएको थियो । चीनले पनि ओलीको भ्रमणलाई उच्चमहत्व दिएको थियो । त्यसबेला नेपालमा भारतको प्रभावलाई कम गर्ने रणनीतिक महत्वका सम्झौताहरु चीनसंग ओलीले गरे । जसले गर्दा ओली देशभित्र लोकप्रिय बन्नपुगे । उनको यो लोकप्रियतासामु आफुलाई नेपाल र प्रजातन्त्रको पर्याय ठान्दै आएको नेपाली कांग्रेसको हैसियत निराशालाग्दो गरी खुम्चियो भने आफूलाई गणतन्त्रको सूत्रधार ठान्ने माओवादी केन्द्र ओलीको ओतलाग्नु पर्ने अवस्था आयो । छिमेकी भारत पनि ओलीलाई महत्व दिनैपर्ने अवस्थामा पुग्यो र दियो पनि । यसरी ओलीले आफ्ना विपक्षीहरुलाई रणनीतिक पराजय भोग्न वाध्य पारे ।
यसपटक ओली फरक स्थितीमा छन् । उनि बलियो सरकारका हांकीरहेका छन् । त्यसैले उनिमाथि दायित्वहरुको ठूलो दबाव छ । यदि उनले वाचा गरेअनुशारको काम गरेर देखाउन सकेनन् भने उनको लोकप्रियता जोखिममा पर्ने निश्चित छ ।
Nepalese dream |
भारत पनि पछिल्ला दिनहरुमा कोर्स करेक्शनको छनक दिनेखालको रणनीतिमा देखिएको छ । उसको यो रणनीति पनि नेपाललाई आफ्नो पकडमा राख्ने पुरानै नीतिबाट नैे निर्देशित छ । भारत आजभोली नेपाललाई आफुसंग संलग्न गराईरहने नरमनीति मात्र अपनाई रहेको छैन, चीनसंग पनि उसको कुटनीतिक भेटघाट बाक्लिएको छ । यसले नेपाल चीन संबन्धमा प्रभाव पार्ला कि भन्ने आशंका ओलीमा छ ।
उसो त नेपालले चीनलाई रेस्पोन्स नगरेको गुनासो बेईजिङको पहिल्यैदेखि रहंदै आएको हो । चीन र भारतका अआफ्नै स्वार्थहरु छन् । ती स्वार्थहरुको लेनदेनमा नेपालको स्थान कहां छ भनेर पत्तो पाउन केही दिन अझै पर्खनु पर्नेछ ।
नेपालकालागि भारतलाई चिढ्याएर चीनसंग मात्रै राम्रो सम्बन्ध रहनु उचित हुनेछैन भन्ने कुराबाट ओली पक्कै अनभिज्ञ छैनन् । नेपालकालागि दुवै छिमेकीहरुसंगको सम्बन्ध अपरिहार्य छ । यस सन्दर्भले पनि ओलीलाई दबावमा पारेको प्रष्ट देखिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.