संदेश

भारतमा लेबल वाली पोस्ट दिखाई जा रही हैं

भारतमा चुनावी दंगल शुरु

चित्र
                                  भारतमा अर्को वर्ष सन् २०१९ हुने लोकसभा चुनाव नजिंकिंदै जांदा राजनीतिक माहौल तातेर जान थालेको छ । सन् २०१४मा भएको निर्वाचनमा भारतीय जनतापार्टी जितेर बलियो सरकार बनेको थियो । जसको नेतृत्व नरेन्द्र मोदीले गरिरहेका छन् । भारतीय जनता पार्टी आक्रमक रणनीतिसाथ चुनावी मैदानमा होमिने तयारी गरिरहेको देखिन्छ । सामाजिक संजालमा विपक्षिहरु भन्दा भाजपा धेरै अगाडि देखिएको छ । टेलिभिजनहरुले पनि राजनीतिक बहसलाई केन्द्रिय विषयवस्तु बनाएर प्रस्तुत गर्न थालिसकेका छन् । अघिल्लो चुनावमा विकासलाई प्रमुख मुद्दा बनाएर चुनाव लडेको भाजपा यसपटक भने चाहेर पनि यसलाई प्रमुख मुद्दा बनाउन सक्ने अवस्थामा देखिंदैन । वितेका चारवर्षहरुमा उसको नेतृत्वमा भएका राम्रा कामहरुको उसले यश लिने स्वभाविक प्रयास गर्ने छ भने त्रुटीहरुको बारेमा सफाई दिने कोशिस गर्ने छ । विपक्षीद्वारा फर्जी बताईएको पाकिस्तान विरुद्ध भारतीय सेनाबाट गरिएको भनिएको सर्जिकल स्ट्राईकको सत्यता प्रमाणित गर्न विडियो जारी गरिएको...