संदेश

plane-scandle लेबल वाली पोस्ट दिखाई जा रही हैं

वाईडबोडी छानबीन प्रकरण - नियतमै शंका

जनतामा भन्दा डन, कालाबजारिया, कमिशनखोर विदेशी एजेन्टहरुसंग भरपर्दै आएको नेपालको राजनीतिक संयन्त्रकै वरपर वाईडबोडी प्रकरण बारे खोजीनीति गर्नु सबैभन्दा उपयुक्त प्रारम्भिकबाटो हुनेछ ।  यतिबेला वाईडवडी एयरबस खरिदकाण्डवारेको बहसको हुरी चलिरहेको छ । जनतालाई भने कुनै नौलो कुरा रहेन यस्तो कुरा । किनभने भ्रष्टाचार नहुने कुनै क्षेत्र नेपालमा बिरल होला । तर, यसको हुरी राजनीतिक वृत्तमा अलिकति बढी नै चलेको छ । संसदीय उपसमितिले सुगतरत्न कंसाकार देखि केही सचिवहरु र मंत्री रवीन्द्र अधिकारीलाई पनि दोषी मान्दै सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाएपछि तँ तँ म म शुरु भएको छ । उपसमितिको प्रतिवेदन आफैमा अन्तिम फैसला थिएन अनुसंधानको प्ररम्भिकता मात्रै थियो । यसले अझ केही चरण पार गरेर अख्तियारमा पुग्न बाँकी नै छ । अख्तियार अनुसंधान आयोगले छानबीन गरेर अदालतमा दोषी किटान गर्दै मुद्दा दायर गरेपछि मात्र अदालतले फैसला गर्ने विषय हो यो । उपसमितिको प्रतिवेदन अदालतसम्म पुग्दा कुन स्वरुपको हुने हो र असली दोषी नै कार्यवाहीमा पर्ने हो वा होईन यसै भन्न गाह्रो छ । प्रकृयामा पर्ने निकायहरु मथि नै विगतमा हुँदै...