गोविन्द केसीको अनशन भंग : कति दम्भ कति यथार्थ ?
आफुसंग सरकारले यसअघि गरेको सम्झौता जस्ताको त्यस्तै संसदबाट परित गरिनु पर्ने माग राखेर डाक्टर गोविन्द केसीले सोह्रौंपटक अनशन थालेको चौबिसौं दिनमा एकतर्फी ढंगले अनशन तोडेका छन् । पूर्वको ईलाम गएर पछिल्लो अनशन थालेका उनलाई स्वथ्यमा समस्या देखिएपछि सरकारले हेलिकप्टरबाट काठमाण्डौ ल्याएको थियो । त्यसपछि उनि महाराजगंज स्थित शिक्षण अस्पतालमा अनशनरत थिए । सरकारले केसीको अनशन चलिरहेकै बेला संसदका दुवै सदनबाट बहुमतका आधारमा विधेयकलाई परित गरिसकेको छ । केसीलाई “फेस सेभिङ”सम्मको अवसर दिने संकेत सरकारका तर्फबाट नदेखिएकोले उनलाई अनशन तोड्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र अन्य धेरै वरिष्ठ नागरीकहरुले आग्रह गरेका थिए । विगतमा केसीले गरेका अनशनहरुले स्वास्थ्य शिक्षाका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । विगतमा मनपरी शुल्क लिएर विद्यार्थी गर्ने माफिया प्रवृतीका विरुद्ध उनको प्रयासले नीजि कलेजहरुमा सम्पन्नवर्गको वर्चस्वलाई तोडेर मध्यमवर्गलाई ...