कोरोंना अपडेट : लकडाउनको पहिलो चरण

कोरोना फैलाव विरुद्ध गरिएको लकडाउन को केही स्थानहरूमा उल्लंघन हुनुले समस्या समाधान नहुने संकेत देखिदै छ। कोरोना महामारीको विरुद्ध नेपालले लकडाउन गरेको आज दोस्त्रो दिन । हिजो पहिलो दिन मिश्रित भएर बित्यो । घरमा सिमित भएर बसेको यो शायद यो नै पहिलो अनुभव थियो । राजनीतिक रुपमा अत्याश लाग्दो गरी आयोजन गरिने नेपालबन्द त भोगिएकै हो । यस्ता बन्दहरुमा सबै बन्द भएको बेला पनि सडकमा हिंड्न र साथी भाईसंग भेटघाट गर्नु समय कटाउने राम्रो माध्यम हुन्थ्यो । तर यसपटक बहिर निस्कन नहुने कुराले घरमा बसिरहन सहज भने भएन । लकडाउनको खबर पहिलो पटक सुन्दा म पोखराको लामा गाऊमा भाईसंग बसेर पोखराको दृश्याबलोकन गर्दै थियौं । त्यतिबेला लकडाउनको पहिलो दिन ब्लगमा कोरोनाको नियमित अपडेट लेख्ने र राजीव मल्होत्रा र अरबिन्दन निलकन्दनको BREAKING INDIA पढ्ने वा सिमोन द वोउआरको SECOND SEX को बाँकी अंश सिद्धाउने विचार गरेको थिएँ । तर दिन कोरोनाको लिला हेर्दा र सुन्दा किताब खोल्ने मनस्थिति नै भएन । दोस्रो दिन पनि उस्तै बित्यो । साथी उहि मोवाईल र टीवी । हिंडडुल नभएर होला आज शरीर भारी भएको छ । ...