संदेश

संंघीयता लेबल वाली पोस्ट दिखाई जा रही हैं

सिंहदरवार पुग्नु अगाडि त्यहांको बेथिती गाऊं पुग्यो

चित्र
             नेपाल मा संंघीयता ल्याउने स्थानिय निकायलाई अधिकार सम्पन्न बनाउने र जनतालाई सबै सुविधाहरु आफ्नै घरनजिक उपलब्ध गराउने भन्ने कुरा नेताहरुले बताउंदै आएका छन् । नेताहरुलेमात्रै होईन धेरैजसो विज्ञहरुले समेत् भन्दै आएका छन् । र, जनताले पनि विश्वास गरे ।            देशमा नयां संघीय गणतान्त्रिक संविधान बन्यो र तदनुशार नै स्थानिय चुनाव सम्पन्न भएको पनि एक वर्ष बितेको छ । यसबीच प्रारम्भिक रुपमा गरिने कामहरुको खाका समेत तयार भएको छैन । कर्मचारीहरुको व्यवस्थापन समेत हुन सकेको देखिंदैन ।          निवाचित जनप्रतिनिधिहरुलाई भेटेने हो भने उनिहरु आफै अन्यौलमा भएको देख्न सकिन्छ । उनिहरुलाई उचित प्रशिक्षण समेत प्राप्त नभएको देखिन्छ । स्थानियस्तरमा नयां निकायप्रति धेरै आकांक्षाहरु रहेको देखिन्छ । कतै कतै त यो आकांक्षा स्थानिय निकायको औकात भन्दा पनि बाहिर देखिन्छ । स्थानिय निकायको दायरा निर्धारण अगावै भएको चुनावमा जित्नकैलागि राजनीतिक दलहरुले जनता समक्ष जथाभावि गरेका व...