सिंहदरवार पुग्नु अगाडि त्यहांको बेथिती गाऊं पुग्यो







             नेपालमा संंघीयता ल्याउने स्थानिय निकायलाई अधिकार सम्पन्न बनाउने र जनतालाई सबै सुविधाहरु आफ्नै घरनजिक उपलब्ध गराउने भन्ने कुरा नेताहरुले बताउंदै आएका छन् । नेताहरुलेमात्रै होईन धेरैजसो विज्ञहरुले समेत् भन्दै आएका छन् । र, जनताले पनि विश्वास गरे ।

           देशमा नयां संघीय गणतान्त्रिक संविधान बन्यो र तदनुशार नै स्थानिय चुनाव सम्पन्न भएको पनि एक वर्ष बितेको छ । यसबीच प्रारम्भिक रुपमा गरिने कामहरुको खाका समेत तयार भएको छैन । कर्मचारीहरुको व्यवस्थापन समेत हुन सकेको देखिंदैन ।

         निवाचित जनप्रतिनिधिहरुलाई भेटेने हो भने उनिहरु आफै अन्यौलमा भएको देख्न सकिन्छ । उनिहरुलाई उचित प्रशिक्षण समेत प्राप्त नभएको देखिन्छ । स्थानियस्तरमा नयां निकायप्रति धेरै आकांक्षाहरु रहेको देखिन्छ । कतै कतै त यो आकांक्षा स्थानिय निकायको औकात भन्दा पनि बाहिर देखिन्छ । स्थानिय निकायको दायरा निर्धारण अगावै भएको चुनावमा जित्नकैलागि राजनीतिक दलहरुले जनता समक्ष जथाभावि गरेका वाचा र आश्वासनले अहिले आएर निराशा उत्पन्न गर्ने स्थिती उत्पन्न भएको छ ।

        यति हुदाहुदै पनि स्थानिय निकायका प्रतिनिधिहरुले जनताको ढाडै सेकिनेगरी करका दरहरुमा भने भारीवृद्धि गरेका छन् । यो वृद्धिको प्रतिशत दुईसयदेखि दुई हजारसम्म रहेको देखिएको छ । यसरी विकासका सामान्य पुर्वाधार पनि तयार नहुंदै करमा भएको चर्को वृद्धिले परिवर्तनपछि गाऊंगाउंमा सिंहदरवार भनिएकोमा सिहदरवार आउनभन्दा अगाडि नै त्यहांको भ्रष्टाचार र बेथिती पुगेको छ ।             

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष