हिन्दुका पूर्वजहरु पर्यवरण संम्रक्षणप्रति सजग थिए ?

हिन्दु शास्त्र हरुमा हरितगृह ग्यास बारे परोक्ष नै भए पनि सजगता देखिन्छ । फरक यति मात्र हो कि उतिबेला हवन आदी अग्निकार्यहरु गरेर वायुमंडलमा कार्बनडाई अक्साईड उत्पादन गरी वायुमण्डलमा संतुलन कायम गर्ने प्रयास गरिन्थ्यो यतिखेर वायुमंडलमा कार्बनडाई अक्साईड धेरै भएर यसको उत्पादनलाई कटौती गर्नै पर्ने स्थिति उत्पन्न भएको छ । बढ्दो तापक्रमका कारण जलवायुमा आएको परिवर्तनले विश्वमा समस्या देखिंदै गएको वर्तमान सन्दर्भमा हिंन्दु संस्कृती वा धार्मिक कर्मकाण्डमा रुपमा भए पनि पारम्परिक रुपमा महत्व साथ गरिंदै आएका केही प्रचलनहरु बारे केही सोच्नै पर्ने, बुझ्नै पर्ने वा बहस गर्नै पर्ने तथ्यहरु देखिन्छन् । अहिले वायुमंडलमा हरितगृह ग्यासको मात्रा बढ्नाले दुनियाँको तापक्रम बढेर समस्या उत्पन्न भएको छ । विकासका नाममा पृथ्वीमा मानिसको बढ्दो सक्रियतालो हरितगृह ग्यास वायुमण्डलमा सन्तुलन राख्न चाहिने मात्रा भन्दा समस्या निम्त्याउने ढंगले बढिरहेका छ । हिन्दु शास्त्रहरुले अग्निप्रज्ज्वलन गरी गरिने हवनलाई शुद्धिकरणकालागि अपरिहार्य भएको उल्लेख गरेका छन् । ऋग्वेदको पहिलो मंडलको पहिलो सु...