हिन्दुका पूर्वजहरु पर्यवरण संम्रक्षणप्रति सजग थिए ?
हिन्दु शास्त्रहरुमा हरितगृह ग्यास बारे परोक्ष नै भए पनि सजगता देखिन्छ । फरक यति मात्र हो कि उतिबेला हवन आदी अग्निकार्यहरु गरेर वायुमंडलमा कार्बनडाई अक्साईड उत्पादन गरी वायुमण्डलमा संतुलन कायम गर्ने प्रयास गरिन्थ्यो यतिखेर वायुमंडलमा कार्बनडाई अक्साईड धेरै भएर यसको उत्पादनलाई कटौती गर्नै पर्ने स्थिति उत्पन्न भएको छ ।
बढ्दो तापक्रमका कारण जलवायुमा आएको परिवर्तनले विश्वमा समस्या देखिंदै गएको वर्तमान सन्दर्भमा हिंन्दु संस्कृती वा धार्मिक कर्मकाण्डमा रुपमा भए पनि पारम्परिक रुपमा महत्व साथ गरिंदै आएका केही प्रचलनहरु बारे केही सोच्नै पर्ने, बुझ्नै पर्ने वा बहस गर्नै पर्ने तथ्यहरु देखिन्छन् ।
अहिले वायुमंडलमा हरितगृह ग्यासको मात्रा बढ्नाले दुनियाँको तापक्रम बढेर समस्या उत्पन्न भएको छ । विकासका नाममा पृथ्वीमा मानिसको बढ्दो सक्रियतालो हरितगृह ग्यास वायुमण्डलमा सन्तुलन राख्न चाहिने मात्रा भन्दा समस्या निम्त्याउने ढंगले बढिरहेका छ ।
हिन्दु शास्त्रहरुले अग्निप्रज्ज्वलन गरी गरिने हवनलाई शुद्धिकरणकालागि अपरिहार्य भएको उल्लेख गरेका छन् । ऋग्वेदको पहिलो मंडलको पहिलो सुक्तको पहिलो मंत्रमा ऋषिहरु यज्ञको सन्दर्भमा अग्नि पुजनबारे उल्लेख गर्दछन् । वेदमा यज्ञ र हवन वारे सयोैं पटक प्रसंगहरु उल्लेख गरिएका पाईन्छन् । अग्निलाई वेदमा प्रमुख देवताका रुपमा चर्चा गरिएको छ ।
अग्निको गुण डढाउने वा भस्म गर्ने हो । त्यसैले हवन कुण्डमा विधिपूर्वक अग्नि प्रज्ज्वलन गरेर विभिन्न सामाग्रीहरु मंत्रोच्चार गदै होमिन्छ । पुराणहरुमा हवन गर्दा जीव बलि दिएका प्रसंग पनि पाईन्छन् । यज्ञहरुमा हवन अपरिहार्य जस्तै मानिन्छ । विभिन्न कामनाहरु पुरा गर्न हवन गरिने बताईए पनि सारमा यसबाट वायुमंडलमा कार्बनडाई अक्साईडको आपूर्ति हुने कुरा बुझ्न सकिन्छ । आगो अक्सिजन न भै बल्दैन र बलेपछि यसले काबर्नडाई अक्साईडको उत्पादन गर्दछ ।
परापूर्वकालमा वन विनाशको समस्या न्यून थियो । अहिलेको जस्तो खनिज तेल, कोईलालाई इन्धनको रुपमा प्रयोग गरेर हरितगृह ग्यासको दुष्प्रभाव बढ्ने गरी उत्सर्जन हुँदैनथ्यो । त्यसैले संभवतः वायुमंडलमा अक्सिजनको मात्रा पनि अधिक हुने समस्या थियो । काबनडाई अक्साईड वायूमंडलमा वा पर्यवरणमा न्यानोपनकालागि आवश्यक थियो । त्यही भएर होला संतुलान कायम राख्न यज्ञ र हवनका नाममा आगोमा सामानहरु डढाएर वायुमंडलमा कार्बनडाई अक्साईड उत्सर्जन गरिन्थ्यो । सतहमा हवनलाई धार्मिक अनुशासनका रुपमा मात्र बुझ्ने परम्परा चल्दै आयो तर सारमा यो क्रिया हरितगृह ग्यासको संतुलनका नाममा नै गरिएको भनेर बुझ्न गाह्रो छैन । त्यसबेला यो काबर्नडाई अक्साईड वायुमंडलमा बढाउनकालागि प्रेरित थियो भने अहिले त्यसको ठिक विपरीत काबर्नडाई अक्साईड बढी भएर समस्या उत्पन्न भएको छ ।
वनस्पतीको पुजा गर्ने चलनले पर्यवरण स्वच्छ राख्न वन जंगलको महत्व बारे हिन्दुका पूर्वजहरु सचेत रहेको भन्न करै लाग्छ । वर पिपल सम्मी नीम तुलसी जस्ता अक्सिजन उत्पादन गर्ने तथा औषधी जन्य वृक्ष र विरुवहरुको हिन्दुहरु विशेष पुजा गर्दै आएका छन् । आराम गर्ने चौतारीहरुमा वर पिपल नै रोप्नु पर्नाको कारण के हुन सक्छ ? आउनोस एकपटक यतातिर पनि सोचौं ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.