संदेश

कुटनीति लेबल वाली पोस्ट दिखाई जा रही हैं

ओलीको कुटनीति सफल होला ?

चित्र
  नेपालको कुटनीति कमा केपी ओलीको सरकार बनेपछि केही परिवर्तनका संकेतहरु देखिएका छन् । संम्बन्ध चिसिएको छिमेकी भारतसंग पछिल्ला दिनहरुमा केही न्यानोपन बढेको देखिएको छ । चीनसंग दुई वर्षअघि भएका सम्झौताहरु कार्यान्वयन गर्ने बेला भारतले असन्तुष्टि जनायो भने सम्बन्ध फेरि बिग्रेला कि भन्ने आशंका गरिएको थियो । प्रम ओली सम्झौताहरुलाई व्यवहारिकरुप दिन केही दिनअघि चीनको भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । भारतले खासै प्रतिक्रिया नजनाउनुलाई राम्रो संकेतका रुपमा लिईएको छ । ओलीले भारत र चीनलाई सन्तुलनमा राख्ने प्रयास गरेको पनि भन्न थालिएको छ । ओलीको अहिलेको सत्तारोहण दिल्लीको नेपालप्रतिको गलत नीतिप्रति नेपाली जनअसंतोष सहारामा भएको भन्नेमा दुईमत छैन । त्यसैले धारिला उखानटुक्काले छड्के हान्न माहिर ओलीले चीनको मात्र ओत लिएर भारतलाई झन् चिढ्याउने गलती पो गर्ने हुन् कि भन्ने शंका धेरैमा थियो । तर उनले त्यसो नगरेर सुझबुझको बाटो लिएको देखिएको छ । ओलीलाई भारत र चीनबीच पछिल्लो समयमा बढेको उच्चस्तरिय भेटघाटहरुले पनि साथ दिएको छ । दोक्लाम विवादपछि अत्यन्तै चिसिएको सम्बन्ध गत वर्षको...