ओलीको कुटनीति सफल होला ?


  नेपालको कुटनीतिकमा केपी ओलीको सरकार बनेपछि केही परिवर्तनका संकेतहरु देखिएका छन् । संम्बन्ध चिसिएको छिमेकी भारतसंग पछिल्ला दिनहरुमा केही न्यानोपन बढेको देखिएको छ । चीनसंग दुई वर्षअघि भएका सम्झौताहरु कार्यान्वयन गर्ने बेला भारतले असन्तुष्टि जनायो भने सम्बन्ध फेरि बिग्रेला कि भन्ने आशंका गरिएको थियो । प्रम ओली सम्झौताहरुलाई व्यवहारिकरुप दिन केही दिनअघि चीनको भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । भारतले खासै प्रतिक्रिया नजनाउनुलाई राम्रो संकेतका रुपमा लिईएको छ । ओलीले भारत र चीनलाई सन्तुलनमा राख्ने प्रयास गरेको पनि भन्न थालिएको छ ।




ओलीको अहिलेको सत्तारोहण दिल्लीको नेपालप्रतिको गलत नीतिप्रति नेपाली जनअसंतोष सहारामा भएको भन्नेमा दुईमत छैन । त्यसैले धारिला उखानटुक्काले छड्के हान्न माहिर ओलीले चीनको मात्र ओत लिएर भारतलाई झन् चिढ्याउने गलती पो गर्ने हुन् कि भन्ने शंका धेरैमा थियो । तर उनले त्यसो नगरेर सुझबुझको बाटो लिएको देखिएको छ ।

ओलीलाई भारत र चीनबीच पछिल्लो समयमा बढेको उच्चस्तरिय भेटघाटहरुले पनि साथ दिएको छ । दोक्लाम विवादपछि अत्यन्तै चिसिएको सम्बन्ध गत वर्षको अन्ततिरबाट विस्तारै सुघ्रिदै जान थालेको छ । अमेरिकासंग लागेर आफ्नै वरपर र विश्वमैं फैलिने महत्वकांक्षा लिएको छिमेकी चीनसंग पैंठेजोरि खेल्दा झनै अप्ठयारो पर्नसक्ने देखेको भारतको बदलिए जस्तो देखिने रणनीतिले पनि ओलीलाई फाईदा पुगेको छ ।


    पंचायतको अवसानसंगै खुम्चिएको नेपालको कुटनीतिक क्षेत्र झण्डै तीन दशकसम्म नराम्रोसंग थला पर्यो । यस्तो हुनुमा शितयुद्धको समाप्ती र असंलग्न आन्दोलनको असान्दर्भिकता पनि कारण थियो । अर्को कारण भनेको नेपालको आफ्नै तरल राजनीतिक अवस्था पनि थियो । आन्तरिक स्थिती राम्रो नभएपनि अन्तरराष्ट्रिय जगतमा नेपालको सम्बन्ध राम्रो थियो । पंचायतको यो उपलब्धि भारतको नेपाललाई आफ्नो प्रभावमा राख्ने मानसिकताबाट सुरक्षित रहने प्रयास थियो । राजा वीरेन्द्रको शासनकालको शुरुमा नेपालले राखेको शान्तिक्षेत्रको प्रस्तावको समर्थन चीन, रुस, अमेरिका लगायत विश्वका सय भन्दा बढी देशहरुले गरेका थिए । भारत भने संधै यस प्रस्तावको विपक्षमा थियो ।


नेपालको भूराजनीतिक स्थिती पनि आजको भन्दा निकै नै महत्वपूर्ण थियो । भारत चीन बाहेक अमेरिकी प्रभाव पनि नेपालमाथि त्यसबेला थियो । विश्वका नामी नेताहरु र उच्चपदस्थ व्यक्तिहरुबाट नेपाल भ्रमण हुने गरेका थिए ।

वीपी कोईरालाबाट औपचारिकरुपमा शुरु भएको दौत्य सम्बन्धले पंचायतकालभरि उत्कर्ष प्राप्त गरेको थियो भन्न सकिन्छ । छयालिस सालपछि नेपालको सत्तामा पुगेको वीपीको पार्टी नेपाली कांग्रेसले दुई दशकमा नेपालको कुटनीतिक विस्तारलाई खुम्च्याउने काम गर्यो । यसरी नेपालमा भारतको प्रभाव एकलौटी जस्तै भयो । माओवादी विद्रोहको अन्ततिर भने पश्चिमाहरुको केही प्रभाव देखिए पनि त्यो धेरै समय रहन सकेन । भारतले पछिल्लोपटक गरेको नाकाबन्दीले जन्माएको नयां मोडमा केपी ओलीको बलियो सरकार यतिबेला काठमाण्डौमा छ । त्यसैले दुवै छिमेकीहरुबीच संतुलित सम्बन्ध राख्न सफल नेपाली कुटनीतिबाट नै ओलीको सफलताको मापन हुनेछ ।   

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष