संदेश

नेपालसरकार लेबल वाली पोस्ट दिखाई जा रही हैं

सरकारको नीति र कार्यक्रम : कुरा भन्दा कामको खाँचो

चित्र
नेपाल सरकार को नीति र कार्यक्रम केबल  सामान्य आंकलन  हो। केपी ओली सरकारले बेथितिलाई नियंत्रण गरोस र देश लाई विकासको बाटोमा अगाडी  बढाओस भन्ने चाहना जनतामा छ। संसदलाई सम्बोधन गर्दै राष्ट्रपति  सरकारले यसवर्षको नीति र कार्यक्रम यहि बैशाख २० गते राष्ट्रपतिको संबोधन मार्फत संसदमा पेश गरेको छ । यसले एक वर्षलाई मात्र नसमेटेर निरन्तरतामा चलिरहेका कार्यक्रम र आगामी वर्षहरुलाई पनि ओगट्ने केही कार्यक्रमहरु यसमा समावेश गरेको छ । अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याईने, सातै प्रदेशहरुमा औधोगिक क्षेत्र, राजमार्गमा आपतकालिन हवाई अवतरण संभव बनाईने, केही खानीहरु संचालन गरिने, आर्थिक वृद्धिदर दश भन्दामाथि उकाल्ने, साक्षर नेपाल बनाईने र सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरुको तलबमानमा वृद्धि गरिने जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् । बितेको वर्षमा जनताले आशा गरे अनुरुपको काम गर्न असफल भएको आरोप लाग्दै आएको सरकारले आफ्नो प्रतिरक्षामा नीति र कार्यक्रम मार्फत् जनताले अनुभव गर्ने कार्यक्रम ल्याएर काम गरेर देखाउने बताऊँदै आएको थियो । यद्यपि नीति र कार्यक्रम कुनै ठोस प्रत...