संदेश

nirmala case लेबल वाली पोस्ट दिखाई जा रही हैं

निर्मला हत्याकाण्ड : दिशाहीन सक्रियताको चपेटमा ?

चित्र
निर्मला                 निर्मला हत्याकाण्डको विरोध यतिबेला कंचनपुरको घेरा नाघेर राजधानी काठमाण्डौमा केन्द्रित भएको छ । यसको निशाना स्थानिय प्रशासन नभएर अब संघीय सरकार भएको छ । त्यो काण्डपछि कंचनपुर र देशभरी नै सोही प्रकृतिका धेरै घटना भैसकेका छन् । तिनमा कतिपय स्थानहरुमा प्रहरीको सकृयता प्रसंसनिय पनि देखिएको छ । निर्मला बलात्कार र हत्याको मामिलाको छानबिनको दौरानमा दोषी देखिएका जिल्ला प्रहरीका दोषीहरुमथि कारवाही पनि गरिएको छ । यो कारवाही पनि छानवीन गर्दा लापरवाही गरेको आधारमा गरिएको छ । तर बलात्कारी र हत्यारालाई भने प्रहरी प्रशासनले अझैसम्म पत्तालगाउन सकिएको छैन ।  उतिबेला कंचनपुरका मानिसहरुको हवाला दिंदै मिडियाहरुले सूचना प्रवाह गरे अनुशार प्रहरीले दोषीलाई बचाउने प्रयास गरेको भन्ने थियो । त्यसले दोषीको पहिचान भैसकेको तर प्रहरीले सार्वजनिक गर्न नचाहेको भन्ने देखिन्थ्यो । दोषी भनिएका प्रहरीमाथि कारवाहीपछि पनि अपराधी पत्ता नलाग्नुले प्रहरी संयन्त्र अझै पनि अपराधी पत्ता लगाउन अनिच्छुक रहेको हो वा साँचै नै अपराधी पत्त...