निर्मला हत्याकाण्ड : दिशाहीन सक्रियताको चपेटमा ?
![]() |
निर्मला |
निर्मला हत्याकाण्डको विरोध यतिबेला कंचनपुरको घेरा नाघेर राजधानी काठमाण्डौमा केन्द्रित भएको छ । यसको निशाना स्थानिय प्रशासन नभएर अब संघीय सरकार भएको छ । त्यो काण्डपछि कंचनपुर र देशभरी नै सोही प्रकृतिका धेरै घटना भैसकेका छन् । तिनमा कतिपय स्थानहरुमा प्रहरीको सकृयता प्रसंसनिय पनि देखिएको छ । निर्मला बलात्कार र हत्याको मामिलाको छानबिनको दौरानमा दोषी देखिएका जिल्ला प्रहरीका दोषीहरुमथि कारवाही पनि गरिएको छ । यो कारवाही पनि छानवीन गर्दा लापरवाही गरेको आधारमा गरिएको छ । तर बलात्कारी र हत्यारालाई भने प्रहरी प्रशासनले अझैसम्म पत्तालगाउन सकिएको छैन ।
उतिबेला कंचनपुरका मानिसहरुको हवाला दिंदै मिडियाहरुले सूचना प्रवाह गरे अनुशार प्रहरीले दोषीलाई बचाउने प्रयास गरेको भन्ने थियो । त्यसले दोषीको पहिचान भैसकेको तर प्रहरीले सार्वजनिक गर्न नचाहेको भन्ने देखिन्थ्यो । दोषी भनिएका प्रहरीमाथि कारवाहीपछि पनि अपराधी पत्ता नलाग्नुले प्रहरी संयन्त्र अझै पनि अपराधी पत्ता लगाउन अनिच्छुक रहेको हो वा साँचै नै अपराधी पत्ता लगाउन नसकेको हो — बुझ्न सकिएको छैन । अपराधका मतियार भनिंदैआएका बम दिदीबैनी, मेयर, एसपीका छोराहरु बारे अहिले चर्चा हुन छोडेको छ । यस्तो निर्मम घटनाको अझै छिनोपानो हुन नसक्न अवश्य पनि सरकारको असफलता नै हो । तर, सार्वजनिकरुपमा अनुसंधानको निचोड ननिस्किंदै शंकाको भरमा कतै निर्दोषहरुमाथि नै पो आघात पुग्न गएको हो कि भनेर शंका गर्ने ठाँऊँ देखिएको छ । यदि यो सत्य हो भने एउटा अपराधको न्याय खोज्न अर्को अपराध गर्नु उचित होईन ।
बलात्कारलाई संवेदना भन्दा सनसनीको विषय मान्ने चलन पुरुषवादी सोच भएको हाम्रो समाजमा देखिन्छ । नेपाली मिडियाहरु पनि यो रोगको शिकार बनेको देखिन्छ । समाजको सोचलाई उपयोग गरी पेजलाईक वा रिडरसिप बढाउने अश्वस्थ प्रचलन धेरै देखिन्छ । मिडियाको काम अराजकतालाई भड्काउँनु होईन । बलात्कार र हत्या जस्तो घटनालाई हलुंगो ढंगले लिन किमार्थ उचित हुँदैन ।
सरकारतिर सोझिएको विरोधको मोहोरा नाजायज नभएपनि शंकाको घेरा भन्दा बाहिर भने छैन । हरेक कुराको अचुक समाधानको बाटो नाराजुलुस, बन्द गर्ने जस्तो अराजकताको बानीपरेको नेपाली समाज यो मामिलामा पनि कतै त्यहि गलत बानीको प्रभावबाट बाहिर निस्कन नसकेको त होईन भनेर प्रश्न पनि उठेको छ । यो अराजकताले कतै स्वभाविक छानवीनको प्रकृयालाई त प्रभावित गरेको छैन ? पछि फर्केर हेर्न पर्ने स्थिती उत्पन्न भएको छ । सामाजिक संजालका पोष्टहरुमा कमेन्ट गर्न जति सजिलो छ अपराधी पत्तालागाउन त्यो भन्दा धेरै कठिन छ । संक्रमणबाट भर्खरै उम्किंदै गरेको देशमा असल नागरीकहरुको कर्तव्य पुरानो शासन संयन्त्रलाई विस्थापित वा नवीकरण गर्ने दिशातिर सचेत रहनु हो । किनभने न्याय अन्यायको छानबीन गर्ने, न्याय संम्पादन गर्ने, न्याय दिने काम नारा जुलुस बन्दले गर्ने होईन । त्यसकोलागि संयन्त्र चाहिन्छ । एकोहोरो अराजकताले संयन्त्रलाई कमजोर बनाउने कुरामा संदेह छैन । कमजोर संयन्त्रको नमीठो पीडा नेपालीले भोगिरहेकै छन् । यो दुर्भाग्य हो ।
निर्मला हत्याकाण्डको विरोध यतिबेला कंचनपुरको घेरा नाघेर राजधानी काठमाण्डौमा केन्द्रित भएको छ । यसको निशाना स्थानिय प्रशासन नभएर अब संघीय सरकार भएको छ । त्यो काण्डपछि कंचनपुर र देशभरी नै सोही प्रकृतिका धेरै घटना भैसकेका छन् । तिनमा कतिपय स्थानहरुमा प्रहरीको सकृयता प्रसंसनिय पनि देखिएको छ । निर्मला बलात्कार र हत्याको मामिलाको छानबिनको दौरानमा दोषी देखिएका जिल्ला प्रहरीका दोषीहरुमथि कारवाही पनि गरिएको छ । यो कारवाही पनि छानवीन गर्दा लापरवाही गरेको आधारमा गरिएको छ । तर बलात्कारी र हत्यारालाई भने प्रहरी प्रशासनले अझैसम्म पत्तालगाउन सकिएको छैन ।
उतिबेला कंचनपुरका मानिसहरुको हवाला दिंदै मिडियाहरुले सूचना प्रवाह गरे अनुशार प्रहरीले दोषीलाई बचाउने प्रयास गरेको भन्ने थियो । त्यसले दोषीको पहिचान भैसकेको तर प्रहरीले सार्वजनिक गर्न नचाहेको भन्ने देखिन्थ्यो । दोषी भनिएका प्रहरीमाथि कारवाहीपछि पनि अपराधी पत्ता नलाग्नुले प्रहरी संयन्त्र अझै पनि अपराधी पत्ता लगाउन अनिच्छुक रहेको हो वा साँचै नै अपराधी पत्ता लगाउन नसकेको हो — बुझ्न सकिएको छैन । अपराधका मतियार भनिंदैआएका बम दिदीबैनी, मेयर, एसपीका छोराहरु बारे अहिले चर्चा हुन छोडेको छ । यस्तो निर्मम घटनाको अझै छिनोपानो हुन नसक्न अवश्य पनि सरकारको असफलता नै हो । तर, सार्वजनिकरुपमा अनुसंधानको निचोड ननिस्किंदै शंकाको भरमा कतै निर्दोषहरुमाथि नै पो आघात पुग्न गएको हो कि भनेर शंका गर्ने ठाँऊँ देखिएको छ । यदि यो सत्य हो भने एउटा अपराधको न्याय खोज्न अर्को अपराध गर्नु उचित होईन ।
बलात्कारलाई संवेदना भन्दा सनसनीको विषय मान्ने चलन पुरुषवादी सोच भएको हाम्रो समाजमा देखिन्छ । नेपाली मिडियाहरु पनि यो रोगको शिकार बनेको देखिन्छ । समाजको सोचलाई उपयोग गरी पेजलाईक वा रिडरसिप बढाउने अश्वस्थ प्रचलन धेरै देखिन्छ । मिडियाको काम अराजकतालाई भड्काउँनु होईन । बलात्कार र हत्या जस्तो घटनालाई हलुंगो ढंगले लिन किमार्थ उचित हुँदैन ।
सरकारतिर सोझिएको विरोधको मोहोरा नाजायज नभएपनि शंकाको घेरा भन्दा बाहिर भने छैन । हरेक कुराको अचुक समाधानको बाटो नाराजुलुस, बन्द गर्ने जस्तो अराजकताको बानीपरेको नेपाली समाज यो मामिलामा पनि कतै त्यहि गलत बानीको प्रभावबाट बाहिर निस्कन नसकेको त होईन भनेर प्रश्न पनि उठेको छ । यो अराजकताले कतै स्वभाविक छानवीनको प्रकृयालाई त प्रभावित गरेको छैन ? पछि फर्केर हेर्न पर्ने स्थिती उत्पन्न भएको छ ।
सामाजिक संजालका पोष्टहरुमा कमेन्ट गर्न जति सजिलो छ अपराधी पत्तालागाउन त्यो भन्दा धेरै कठिन छ । संक्रमणबाट भर्खरै उम्किंदै गरेको देशमा असल नागरीकहरुको कर्तव्य पुरानो शासन संयन्त्रलाई विस्थापित वा नवीकरण गर्ने दिशातिर सचेत रहनु हो । किनभने न्याय अन्यायको छानबीन गर्ने, न्याय संम्पादन गर्ने, न्याय दिने काम नारा जुलुस बन्दले गर्ने होईन । त्यसकोलागि संयन्त्र चाहिन्छ । एकोहोरो अराजकताले संयन्त्रलाई कमजोर बनाउने कुरामा संदेह छैन । कमजोर संयन्त्रको नमीठो पीडा नेपालीले भोगिरहेकै छन् । यो दुर्भाग्य हो ।
![]() |
बाबुराम पौड्याल |
Everyone loves what you guys are usually up too.
जवाब देंहटाएंSuch clever work and reporting! Keep up the wonderful works
guys I've added you guys to my personal blogroll.