संदेश

सीके राउत लेबल वाली पोस्ट दिखाई जा रही हैं

सिके राउतको स्टन्ट र प्रम ओलीको महत्वकाँक्षा

चित्र
सिके राउत नेपालको समथर भूभागमा छुट्टै मधेश देशकालागि पृ थक तावादी आन्दोलन संचालन गर्दै आएका चन्द्रकान्त अर्थात्  सीके राउत २२ फाल्गुणमा अदालतको आदेशले छुटे । त्यसको ठिक दुई दिनपछि अर्थात् २४ गते उनले सरकारसंग रहस्यमय ढंगले एघार बुँदे सहमतिमा हस्ताक्षर गर्दै पृथकतावादी आन्दोलन परित्याग गरेको भन्ने संदेश दिन खोजेर सबैलाई आश्चर्यमा पारे । केही दिन अघिसम्म नेपाल टुक्रयाउने कुरा गर्दै आएका उनले यस्तो निर्णय कसरी लिए भन्ने कुरा सोचिनु अस्वभाविक थिएन । तर, सम्झौतापछिका दिनहरुमा उनका गतिविधिहरुले यो संदेहलाई झन् गहिरो पार्दै लगेको देखिंदै छ । सरकारसंगको संझौताको पहिलो बुंदामा नै अखण्ड र अविभाज्य नेपाल त्यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरिएको र अन्य बुँदाहरुमा पनि संविधानको उच्चता उल्लेख गरिएको संझौतामा हस्ताक्षर गरेका राउतले दोस्रो बुंदाको जनअभिमत भन्ने शब्दलाई जनमत संग्रह गरेर स्वतन्त्र मधेश बनाउन सकिने भन्ने अर्थमा प्रचार गर्न खोजेको देखिंदै छ । त्यतिमात्र होईन स्वतन्त्र मधेश गठबन्धनलाई नेपालको संविधान प्रदत्त अधिकारको उपयोग गर्दै गतिविधि संचालन गर्न दिईन...