सिके राउतको स्टन्ट र प्रम ओलीको महत्वकाँक्षा
![]() |
सिके राउत |
नेपालको समथर भूभागमा छुट्टै मधेश देशकालागि पृथकतावादी आन्दोलन संचालन गर्दै आएका चन्द्रकान्त अर्थात् सीके राउत २२ फाल्गुणमा अदालतको आदेशले छुटे । त्यसको ठिक दुई दिनपछि अर्थात् २४ गते उनले सरकारसंग रहस्यमय ढंगले एघार बुँदे सहमतिमा हस्ताक्षर गर्दै पृथकतावादी आन्दोलन परित्याग गरेको भन्ने संदेश दिन खोजेर सबैलाई आश्चर्यमा पारे । केही दिन अघिसम्म नेपाल टुक्रयाउने कुरा गर्दै आएका उनले यस्तो निर्णय कसरी लिए भन्ने कुरा सोचिनु अस्वभाविक थिएन । तर, सम्झौतापछिका दिनहरुमा उनका गतिविधिहरुले यो संदेहलाई झन् गहिरो पार्दै लगेको देखिंदै छ ।
सरकारसंगको संझौताको पहिलो बुंदामा नै अखण्ड र अविभाज्य नेपाल त्यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरिएको र अन्य बुँदाहरुमा पनि संविधानको उच्चता उल्लेख गरिएको संझौतामा हस्ताक्षर गरेका राउतले दोस्रो बुंदाको जनअभिमत भन्ने शब्दलाई जनमत संग्रह गरेर स्वतन्त्र मधेश बनाउन सकिने भन्ने अर्थमा प्रचार गर्न खोजेको देखिंदै छ । त्यतिमात्र होईन स्वतन्त्र मधेश गठबन्धनलाई नेपालको संविधान प्रदत्त अधिकारको उपयोग गर्दै गतिविधि संचालन गर्न दिईने भन्ने सम्झौतामा राउतले हस्ताक्षर गरेर बाहिर निस्किएपछि भ्रमको खेती गरेका छन् ।
न्ोपालको मुलधारको राजनीतिले नेपाली जनतालाई आश्वस्त पार्न असफल रहँँदै आएको छ । यो असंतुष्टि नेपालको कुनै भूगोल र जात विषेशमा मात्र सिमित छैन । तर, मधेश यस्तो जनअसंतोषको तार्किक र घरातलिय समाधान भन्दा पनि दुरुपयोगको मारमा पर्दै आएको छ । यसको निरुपण न त नेपालका राष्टिय राजनीतिक दलहरुले नै गर्न सकेका छन् न त क्षेत्रियले नै । यहि स्पेशमा सिके राउत प्रकट भएका हुन् । तर, उनि पनि मधेशकालागि समाधान भने होईनन् । नेपाल धेरै लामो समयदेखि विभिन्न स्वार्थहरुको प्रयोगशाला बनाईदै आएको छ । उनि मधेशलाई जुनसुकै बहानामा सेलाउन नदिने पारम्परिक प्रोगाण्डा का नवीनतम मोहोरा मात्रै हुन् । मोहोरा राजनीति नै नेपालको दुर्भाग्य बन्दै आएको यथार्थ हो
उनले सन् २०११ देखि मधेशलाई नेपालबाट टुक्राउने उद्देश्य लिएर अमेरीकामा स्वतन्त्र मधेश गठबन्धनको गठन गरेका हुन । उनि नेपालमा भन्दा नेपाल बाहिर मधेशी डायस्पोराको सम्पर्क र सहयोगमा गठबन्धनको संचालन गर्दै आएका छन् । उनको मानचित्रको मधेश नेपालमा मात्रै छैन । यसको ठुलो हिस्सा भारतमा पनि छ । तर, पनि उनको प्राथमिकतामा यतिबेला नेपाल रहँदै आएको छ । उनको गिरफ्तारीमा पश्चिमाहरुले बढी चासो देखाउने गरेका छन् । यसले भारत पनि राउतप्रति सशंकित रहेको देखिन्छ । अहिले भारतमा नेपाल मामिलाका जानकार भनिने एकजना विद्वानले सरकार राउत सम्झौतालाई विखण्डनकालागि जनमतसंग्रहको ढोका खुल्ला भयो भन्दै सरकारलाई दमनकालागि उक्साउने र तराईमा फेरी रक्तपात होस भन्ने अभिष्ट देखाएका छन् । राउतको पछिल्लो गिरफ्तारी भारत को दबावमा नै भएको विष्लेशण गरिएको थियो ।
उनि मधेशमा सर्वत्र घुमेर आफ्नो प्रचार गर्दै आएका छन् । कैयौं पटक प्रहरीले उनलाई गिरफ्तार गर्दै आएको छ तर अदालतको आदेशले उनि रिहा हँदै आएका छन् । यो क्रम पनि आफैमा आश्चर्य लाग्दो नै छ । यस्तो कुनै दबावका कारण हुँदै आएको हो कि सरकारले उनलाई अनावश्यक चर्चामा ल्याएर मधेशको हिरो न बनाउन चाहेको हो, भन्न सकिन्न । पछिल्लो पटक पनि उनि लगभग पाँच महिना जेल बसेर अदालतले रिहा गरेपछि बाहिर आएका हुन् । बाहिर आएको तेश्रो दिन नै उनि पृथकतावाद परित्याग गर्ने सम्झौतामा हस्ताक्षर गर्न पुगेका हु्न् । त्यसपछि मधेश पुग्दा उनका कार्यकर्ताले देखाएको गतिविधि र टिप्पणीहरुले उनले सम्झौतालाई रणनीतिक उपयोगको “स्टन्ट” मात्र गरेको अनुमान गरिंदैछ ।
नेपाली राजनीतिमा “स्टन्ट” कालागि चिनिएका प्रचण्डले सफलता मात्र होईन धेरै असफलता पनि भोगेका छन् । उनिसंग उनको विशाल बलिदान दिन तयार रहने कार्यकर्ता र सहयात्रीहरुको ठुलो यतिबेला उनको साथमा छैन । विगतमा उनको कटुआलोचक रहेको जमातसंग अंगालो मार्न पर्ने अवस्थामा उनि पुगेका छन् । राउतले पनि उनको औकात अनुशारको यस्तै नियती भोग्नु पर्ने संभावना टड्कारो देखिंदै छ ।
प्रधामंत्री ओलीले भने झैं राउतलाईको विखण्डनवादलाई देखाएर सत्तालाई दबावमा राख्दै मोलतोल गर्ने प्रवृती देशमा नभएको होईन । तर, राउतलाई रातो कार्पेट ओच्छ्याएर ओलीले मधेशमा आफु परस्त अर्को मधेशी धारको सुत्रपात गरेर त्यहाँ आफुलाई स्थापित गराउने महत्वकांक्षा लिएका थिए । सहमति समारोहमा उनि आफै उपस्थित मात्र भएनन् राउतको अतिशयोक्तिपूर्ण प्रसंसा गर्न पनि भ्याए । यसले त्यही कुरा बुझाउँ छ । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताईरहेको पाँचवटा टाउमा भएको राजपालाई टक्कर दिन पनि राउतलाई अनावश्यक महत्व दिएका थिए । रौतहटमा भएको नेकपाको आमसभालाई सम्बोधन गर्दै यो कुरा बताएका थिए । उनको यो आशामा राउतले तुषारापात गर्लान् भन्ने स्थिती भने टरेको छैन । राउतको अडानवारे अझै स्पष्ट हुन बाँकी नै छ ।
मधेशलाई जुनसुकै बहानामा सेलाउन नदिने पारम्परिक प्रोगाण्डा का नवीनतम मोहोरा मात्रै हुन्
जवाब देंहटाएंAt PetSmart, we by no means promote dogs or cats.
जवाब देंहटाएंI am impressed with this web site, very I am a big fan.
जवाब देंहटाएं