संदेश

दक्षिणएशियाली लेबल वाली पोस्ट दिखाई जा रही हैं

श्रीलंका र मालदीवमा भारत र चीन आमने सामने

चित्र
शपथग्रहण गर्दै राष्ट्रपति सलेह  गत सेप्टम्बरमा दक्षिण एशियाली देश मालदीप मा भएको चुनाव मा प्रतिपक्षी नेता इब्राहिम सोलेह ले चुनाव जितेपछि त्यहांको राजनीतिले कोर्स परिवर्तन गरेको छ । भारतीय प्रधानमंत्री नरेन्द्रमोदी आफै नवनियुक्त राष्ट्रपति सालेहको शपथग्रहण समारोहमा भागलिन माले पुगेका छन् । सोलेह मालदीपका सातौं राष्ट्रपति हुन् । श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुुङ्गा पनि सो समारोह की अर्की आकर्षण थिईन् ।      सत्तारुढ राष्ट्रपति अब्दुल्ला यमिनले आफ्नो कार्यकालमा भारतलाई भन्दा चीनलाई बढी प्राथमिकता दिएका थिए । आफ्ना प्रतिपक्षीहरुलाई जेलमा हालेर स्वेच्छाचारी ढंगबाट शासन चलाउन खोजेकोले उनलाई चुनावमा जनताले मत नदिएको अनुमान गरिएको छ । उनको पालामा ठूलो परिमाणमा चिनीया लगानी मालदीवमा ल्याईएको थियो । चीनको महत्वकांक्षी योजना आईबीआरको मेरिटाइम शिल्करोडको हिस्साका रुपमा मालदीवलाई अगाडि बढाउने काम पनि यमिनले नै गरेका थिए । यसले गर्दा आफ्नो छरछिमेकमा चीनको बढ्दो प्रभावलाई लिएर भारत बढी सशंकित रहंदै आएको थियो ।  मालदीप हिन्दमहासागरमा अवस्थित टाप...