संदेश

चिकित्सा लेबल वाली पोस्ट दिखाई जा रही हैं

पुराना मेडिकल कलेजहरुमा नै चर्को माफियातन्त्र हावी

चित्र
चिकित्सा शिक्षा मा कॉलेज हरुले अबैधानिक ढङ्गले गरिरहेको  मनपरीतन्त्रले सत्तामा रहँदै आएका राजनीतिक   पार्टीहरुको नियतमाथिनै औला  उठाएको  छ ।  नयां खुल्ने भनिएका मेडिकल कलेजहरु मेडिकल माफियाका हुन् त्यसैले तिनीहरुलाई खोल्न दिन हुंदैन भनेर विगतमा भएको चर्को लविङ बिर्सन नपाऊँदै पुराना मेडिकल कलेजहरुले विद्यार्थीमाथि गरेको डरलाग्दो शोषण विगत दुई महिनादेखि सडकमा छताछुल्ल भएको छ । पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले विगत दुई महिनादेखि कलेज व्यवस्थापन विरुद्ध गरेको आन्दोलन र भागदौडले यस्तो खुलासा गरेको हो । मेडिकल काउन्सिलले पनि अनुगमनका क्रममा कलेजले विद्यार्थीहरुबाट गैरकानुनी रुपले अतिरिक्त रकम असुलेको भेटिएको जनाएको छ । यसले मेडिकल शिक्षालाई सुधार्ने नाममा विगतमा गरिएका भनिएका प्रयासहरुको खिल्ली उडाएको छ ।   शिक्षामंत्रीको पहलमा बसेकोे बैठकले अन्ततः कलेजले गैरकानुनी रुपमा लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने निर्णय गर्दै तत्कालकालागि सहज बाटो अवलम्वन गरे पनि बदमाशी गर्नेहरु कार्यवाहीमा नपरीकन उम्कने खेल भैरहको आशंका विद्या...