संदेश

अमेरिका लेबल वाली पोस्ट दिखाई जा रही हैं

प्रचण्डको वक्तव्य र नेपाल अमेरीका सम्बन्धमा चीसोपनको आशंका

नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष प्रचण्ड ले भेनेजुएला मा भैरहेको आन्तरिक राजनीतिक विद्रोहमा अमेरिकालगायतका पश्चिमा देशहरुले सक्रियता देखाएपछि त्यहाँ बाहिरी हस्तक्षेप को विरोधमा पार्टीको लेटरप्याडमा एउटा वक्तव्य जारी गरेका थिए । उनको यो वक्तव्यपछि व्यापक क्रिया र प्रतिक्रियाहरु देखिएका छन् । प्रतिपक्षी नेपाली नेपाली काँग्रेसले पनि औपचारिक रुपमा प्रचण्डको वक्तव्यको र त्यसको सर्तकतासाथ समर्थन गर्दै आएको सरकारी वक्तव्य दुवैकोे आलोचना गरेको छ । प्रचण्डको यो प्रतिक्रियाले नेकपाको सरकार अप्ठ्यारोमा परेको देखिएको ।                       भेनेजुएलामा अमेरिका लगायतका देशहरुको हस्तक्षेपको विरोधमा चीन,रुस,भारत र ग्रीस लगायतका देशहरु रहेका छन् । नेपाल पनि त्यहि खेमामा सामिल भएको छ । प्रचण्डको वक्तव्यबाट ससंकित भएको अमेरिकीपक्षबाट नेपाल सरकारको आधिकारिक धारणाको माग गरिएपछि सरकारको वक्तव्य आएको थियोे । सरकारले पनि भाषामा नरम र सारमा प्रचण्डकै जस्तो वक्तव्य जारी गरेको थियो । नेपालको क...