भेनेजुएलाबारे अमेरीकाको विरोधमा प्रचंडको वक्तव्य ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा कडा वक्तव्य निकालेर त्यहाँ वाह्य हस्तक्षेप भैरहेको भन्दै अमेरीकाको विरोध गरेका छन् । अमेरीकाले बक्तब्य बारे सरकारको धारणाको स्पस्टता चाहेको छ। अमेरीका सुरुदेखिनै नेपालको प्रमुख सहयोगी रहँदै आएको छ । भेनेजुएलामा यतिबेला राजनीतिक संकट चुलिएको छ । राष्ट्रपति नीकोलास माडुरोको विरुद्धमा राष्ट्रिय सभाका अधयक्ष समेत रहेका जुआन गाइडोको नेतृत्वमा विद्रोह भैरहेको छ । गाइडोले आफुलाई आन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । अमेरीकाले गाइडोलाई राष्ट्रपतिकारुपमा मान्यता दिइसकेको छ । अधिकांश पश्चिमा देशहरु गाइडोको पक्षमा देखिएका छन् । केही युरोपियन देशहरुले त सातदिन भित्र चुनाव सम्पन्न गर्नुपर्ने समयसीमा अगाडी सारेका छन् त्यसो नगरे प्रतिपक्षी गाइडोलाई समर्थन गर्ने चेतावनी दिएका छन् । तर, राष्ट्रपति मडुरोले यो कुरा अस्वीकार गरेका छन् । अहिलेसम्म सेना राष्ट्रपति माडुरोको पक्षमा रहेको बताईएको छ । रुस र चीनले अमेरीकाले भनेजुएलाको आन्तरिक मामिला...