संदेश

आर्थिक लेबल वाली पोस्ट दिखाई जा रही हैं

तपाईको भान्छामा कर्पोरेट पस्यो, ढोका लगाउनु भएन ?

चित्र
बजारका  जंक फुड हरुले  उपभोक्ता हरुको   स्वास्थ्य  माथि खतरा मात्र निम्त्याएका छैनन्  आर्थिक मारमा पनि परेका छन्। कर्पोरेट हरुले  मानसिक हिसाबले मानिसहरुमा एतिसम्म भ्रम छर्न सफल भएका छन् कि घरमा बनेका खाजाका  परिकारहरुको  प्रयोग गर्नु पाखे हुनु हो भनेर सोच्न थालिएको छ। बालबालिकामा बढ्दो जंकफूडको  प्रयोग नेपाल जस्ता पारम्परिक कृषिमा जेनतेन गुजारा गरिरहेका दुनियाँका कमजोर देशहरुमा कर्पोरेटहरुले बेरोकटोक रजाई गरिरहेका छन् भन्दा पनि लुट मच्चाइ रहेका छन् । कर्पोरेटहरुमा बहुराष्ट्रिय चरित्रले त दुनियाँमा नै सम्राज्य फैलाईरहेका छन् भने राष्ट्रिय चरित्रकाहरुले समेत विषेश गरेर त्यहाँका पारम्परिक अर्थतन्त्रका आधारमा चलिरहेका भान्छा र त्यसमा निर्भर न्युन आय भएका मानिसहरुको उठीवास नै लगाऊँदै छन् । कृषि क्षेत्रमा केही उन्नती गरिरहेका देशमा सस्तो मुल्यमा कृषकहरुबाट अनाज खरिद गरेर केही प्रशोधन र स्वादिष्टबनाउने मसलाहरु मिसाई आकर्षक खोलहरुमा राखेर उत्पादन मूल्य भन्दा धेरै महँगोमा बेच्दै मुनाफा कमाऊँदै आएका छन् । स्थानिय कृषि उत्...