संदेश

society लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेपाली समाजको निराश मनोदशा

चित्र
नेपाली समाजको मानसिक स्थिती बाटोघाटो, यात्रा, डबली, गाऊँघर र टोलहरुका चियापसलहरु र सामाजिक संजालहरुमा छर्लङ्गै देखिन्छ । त्यहाँ सुनिने कुराकानी र अभिमतहरुमा बौद्धिकता तर्कसंगतता जिज्ञासा भन्दा तल्लोस्तरका नेपाली जनजीवन कुरुप भोगाई र त्यसबाट उम्किने छटपटीको बिम्ब देख्न र सुन्न सकिन्छ । यो छटपटीलाई कहीलेकहीं प्रतिष्ठित भनिएका संचार साधनहरु र मिडियाम्यानहरुले पनि होस्टेमा हैंसे गरिरहेको पनि देखिन्छ ।  यो छटपटीको सोझो संबन्ध देशको अवस्थासंग पनि छ । अस्वस्थ राजनीतिले तल्लोतहको मानसिकतालाई पनि विकृत खण्डिकृत गरेको देखिन्छ । सही र गलतको पहिचानको पद्दती विस्थापित हुंदै गएको स्पष्ट देख्न सकिन्छ । त्यस्तै सत्य र असत्यको किटान गर्ने मामिलामा पनि छ । बहुदलीय व्यवस्थामा जनता सही र गलतको पहिचान गर्न सक्ने न्यायधिश बन्नसकेनन् भने त्यो व्यवस्थाले सार्थकता पाउन सक्दैन । त्यसैले दलगत प्यादाहरुको स्तरबाट जनतामाथि उठ्न नसकेसम्म राजनीति परिस्कृत हुन अब गाह्रो छ । नेतृत्वको तहबाट परिष्कृत हुने सहज बाटोमा अब विश्वास गर्न सकिने अवस्था विकृत भैसकेको छ । बिग्रेको राजनीतिले राज्यका अंगहरुमा नराम्रोस...