नेपाली समाजको निराश मनोदशा
नेपाली समाजको मानसिक स्थिती बाटोघाटो, यात्रा, डबली, गाऊँघर र टोलहरुका चियापसलहरु र सामाजिक संजालहरुमा छर्लङ्गै देखिन्छ । त्यहाँ सुनिने कुराकानी र अभिमतहरुमा बौद्धिकता तर्कसंगतता जिज्ञासा भन्दा तल्लोस्तरका नेपाली जनजीवन कुरुप भोगाई र त्यसबाट उम्किने छटपटीको बिम्ब देख्न र सुन्न सकिन्छ । यो छटपटीलाई कहीलेकहीं प्रतिष्ठित भनिएका संचार साधनहरु र मिडियाम्यानहरुले पनि होस्टेमा हैंसे गरिरहेको पनि देखिन्छ ।
यो छटपटीको सोझो संबन्ध देशको अवस्थासंग पनि छ । अस्वस्थ राजनीतिले तल्लोतहको मानसिकतालाई पनि विकृत खण्डिकृत गरेको देखिन्छ । सही र गलतको पहिचानको पद्दती विस्थापित हुंदै गएको स्पष्ट देख्न सकिन्छ । त्यस्तै सत्य र असत्यको किटान गर्ने मामिलामा पनि छ । बहुदलीय व्यवस्थामा जनता सही र गलतको पहिचान गर्न सक्ने न्यायधिश बन्नसकेनन् भने त्यो व्यवस्थाले सार्थकता पाउन सक्दैन । त्यसैले दलगत प्यादाहरुको स्तरबाट जनतामाथि उठ्न नसकेसम्म राजनीति परिस्कृत हुन अब गाह्रो छ । नेतृत्वको तहबाट परिष्कृत हुने सहज बाटोमा अब विश्वास गर्न सकिने अवस्था विकृत भैसकेको छ ।
बिग्रेको राजनीतिले राज्यका अंगहरुमा नराम्रोसंग जरागाडेको छ । कर्मचारीतन्त्रभित्रको उदेक लाग्ने चलखेल, उपल्लोतहका पदहरुको बेचबिखान, नितीनिर्माणको तहमा नै हुने मोलमोलाई, कमिशनखोरीले चारैतिर जरागाडेको छ । न्यायलयमा पनि यस्तै दुर्गती रहेका खबरहरु सुनिदै छन् । यस्ता समस्याहरुको समाधान र निकासको संभावनाका ढोकाहरु बन्द छन् त्यसैले निकासका कुनै लक्षण नै देखिंदैन । यसको असरले आम नेपाली मानसिकतामा निराशा र छटपटीको स्पष्ट छाप देखिंएको भन्न गाह्रो छैन । किनभने सरकारी संयन्त्र र राजनीतिक दलहरुमाथि आम मानिसको विश्वास नै छैन । पैसावालहरु ज्ो पनि गर्नसकिन्छ भन्ने दुस्साहास गरेर बोल्छन् र गर्छन पनि । पैसा र पहँुच नभएकाहरुसामु निराशा र कुण्ठा बाहेका अरु हुने कुरै भएन ।
नेपाली आम मानिसहरु आफ्नो नेता सके त खाली खुट्टा नभए हवाई चप्पलमा सकेसम्म पैदल नभए पनि साईकलमा हिंडडुल गरेस् । पहेंला वस्त्र लगाओस् । टोलटोलमा घरघरमा पुगोस् भन्ने चाहेको देखिन्छ । समस्यामा रहेका जनताले आफ्नो स्तरबाट यस्तो सोच्नु गलत नभए पनि व्यवहारिक भने होईन । कसैले भ्रष्टाचार नगरीकन महलमा बस्छ र जहाजमा चडेर हिंड्छ भने त्यतातिर औंलो ठड्याउन आवश्य नै छैन तर भ्रष्टाचार गरेर साईकल नै चढे पनि त्यसमा आपत्ती हुनु पर्दछ ।
निर्मला काण्डको बारेमा पनि यस्तै भयो । यो वा त्यो दोषी तोक्ने र दोखाउने कामहरु भए । यसै विषयलाई लिएर टोल, गल्ली र सामाजिक संजालहरुका गफहरुमा पनि यस्ता कार्यहरु भए । तर खै परिणाम अझै शुन्यमा नै छ । नारा जुलुसहरुबाट सदैव क्रान्ति गरेर मात्र सबैथोक पाउन सकिने मनोविज्ञानबाट ग्रसित नेपाली जनमानस अझै उम्किन सकेको छैन । सबै कुरालाई का्रन्ति र आन्दोलनले मात्र सामधान दिनेभए संभवतः नियम कानुन बनाउन आबश्य नै पर्दैन । स्थिरताकालागि कानुनको सर्वोच्चता आवश्यक पर्दछ । कानुनको सर्वोच्चता मा बाँधिन हाम्रो राजनीति तयार देखिँदैन ।
यतिबेला वाइडबोडी विमान खरीदमा अनियमिता भएको प्रतिवेदन संसदीय उपसमितीले सार्वजनिक लेखा समितिलाई दिने बित्तिकै प्रतिवेदनले आरोपित गरेकाहरुलाई सामाजिक संजाल र केही मिडियाहरुले अदालतले अपराधी ठहर गरेसरह खुईल्याउने र भुत्ल्याउनो काम गरे यो कार्यमा दर्शकहरुको संख्याबढाएर अभिष्ट सिद्ध गर्नेहरुको उल्लेखनीय भूमिका देखिन्छ । संसदको सार्वजनिक लेखा समिति, संसद, सरकार हुंदै अख्तियारमा यो मामलालाई पुरयाउने प्रकृया बाँकी छ । यख्तियारको छानबीनपछि अदालतमा मुद्दा दायर हुनेछ र अदालतले दोषी र सजाय किटान गर्ने छ । जनताको विश्वसको घेराबाट बाहिर पर्दै गएका यी निकायबाट आउने नीचोड नै कति सत्यमा आधारित होला भन्न सकिने स्थिती छैन भने प्रारम्भिक प्रतिवेदनमा परेकाहरुलाई लिएर हंगामाले कति पो अर्थ राख्ला र ? यो हंगामा नेपाली समाजको निराश मनोदशा नै हो ।
बाबुराम पौड्याल |
My brother recommended I would possibly like this
जवाब देंहटाएंwebsite. He was totally right. This publish truly made my
day. You cann't consider just how a lot time I had spent for this info!
Thank you!
Does your blog have a contact page? I'm having a tough time locating it
जवाब देंहटाएंbut, I'd like to shoot you an e-mail. I've got some recommendations for
your blog you might be interested in hearing. Eitrher way, great
sitte andd I lookk forward to seeing it grow over time.
Howdy I am so delighted I found your website, I
जवाब देंहटाएंreally found you by accident, while I was researching on Askjeeve
for something else, Nonetheless I am here now and would just like
to say kudos for a marvelous post and a all round exciting blog (I also love the theme/design), I don't have time to look over it all at the
moment but I have book-marked it and also included your RSS feeds,
so when I have time I will be back to read more, Please do keep up the
fantastic job.