संदेश

धर्म # जीवन # कोरोना लेबल वाली पोस्ट दिखाई जा रही हैं

कोरोना रोकथाम र केही धार्मिक सम्प्रदायहरुको पाखण्डी चरीत्र

चित्र
धर्म स्वभावजन्य छ । जीवन लाई धर्मले सहज बनाऊँ छ । जीवन सहज भए समाज सहज हुन्छ । जीवनको शैलिमा परिवर्तन छ । यही परिवर्तनको गतीमा धर्मलाई बुझ्न नसक्नु आजको समस्या हो । कोरोना महामारीमा पनि केही धार्मिक सम्प्रदायका केही मानिसहरुले पाखण्ड प्रदर्शन गरिरहेका छन् ।          कोविद—१९ भाइरसले यतिबेल विश्वमा मृत्युको नाच नाचिरहेको छ । यसबाट बच्न मानिस आफै संयमित हुन बाहेक अर्को कुनै उपाय अहिलेसम्म छैन । अरुको कुरै छोडौं चीन अमेरिका जस्ता महाशक्तिहरु संक्रमणका सामु निरिह सावित हुँदै गएका छन् । मानिसको सामुहिक गतिविधिहरुले झन् जोखिम बढाउने भएको हुँदा यस्ता गतिविधिहरुलाई रोक्न लकडाउन गरेर घर मै सिमित गर्ने बाटो धेरै देशहरुले अपनाऊदै आएका छन् । यस्तो समयमा धर्मको आड लिएर जानेर वा नजानेर जोखिमलाई बढाउने वा बढाउन मद्दत गर्ने आश्चर्यजनक घटनाहरु घटेका छन् । सचेत आस्थाले मानवलाई सबल र अनुशासित बनाऊँछ भने अन्धो आस्थाले सर्वनाश गर्दछ भन्ने कुरा चरितार्थ भएको छ यतिबेला ।  नेपालमा कोरोनाबाट पशुपतिनाथले रक्षा गर्ने विश्वास राख्नेहरु प्रसस्तै छन् । क...