संदेश

नेपालीहरु लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेपालीहरुबारे असम सरकारलाई दिल्ली सरकारको निर्देशन

    एनआरसी का बारेमा भारतको केन्द्रसरकारले असम सरकार लाई यहि दश अक्टोबरका दिन एउटा परिपत्र पठाएर आसाममा नेपालीहरु को स्थिती स्पष्ट पार्दै सोही अनुशार गर्न निर्देश गरेको छ  अब असममा रहेका नेपालीहरु एनआरसी मा नपरेको भए पनि अनुसन्धानकालागि बन्दीकेन्द्रमा राख्ने र ट्रिबुनल समक्ष प्रस्तुत हुननपर्ने भएको छ । परिपत्रमा एनआरसीमा परेका नेपालीहरु भारतीय नागरीक रहेको र नपरेकाहरु सन् १९५० को नेपाल—भारत शान्ति र मैत्री संन्धि अनुशार नै असममा बसोबास गर्न पाउने उल्लेख छ ।पारिपत्र मा जन्म का आधारमा भारतिय भयेका भन्ने वाक्य पनि परेको हुँदा यसले नेपालीलाई केही राहत मिल्ने देखिए पनि त्यसको व्याख्या कसरी हुनेहो भन्नेबारे स्पस्ट भएको छैन ।    सो संन्धिको घारा ६र७ ले पारस्परिकताका आधारमा एक देशका नागरीक आर्को देशमा आउनजान,बसोबास र जीविकोपर्जन गर्न सक्ने व्यवस्था गरिएको छ । सन् १९५० जुलाई ३१ को सधिसंग जोडिएको पत्रमा नेपालीहरुलाई नेपालमा भारतीयहरुसंगको प्रतिस्पर्धाबाट जोगाउन भारतमा नेपाली नागरीकहरुले पाएसरहको सुविधा दिन नपर्ने र यो व्यवस्था दुवै देशको आपसी सहमति भै ...

पुर्वोत्तरभारतका नेपालीहरु १०

चित्र
लिगको घोषणा सभामा डम्बरसिं गुरुङले आसामको प्रसंग उठाउदै भनेका थिए, आसममा तीनलाख नेपालीहरु छन् तर त्यहां हाम्रो एउटा प्रतिनिधि पनि छैन । त्यहां पच्चिस प्रतिशत सरकारलाई कर तीर्ने नेपालीहरु नै छन् भन्ने सुनेको छु                                                                                                                                                                             पूर्वोत्तर भारत को जंगल                     दार्जीलिङका नेताहरुले पहाडवासीहरुका मागका वारेमा तत्कालिन अखिल भारतीय कां...

पूर्वोत्तरभारतका नेपालीहरु —९

चित्र
बाबुराम पौड्याल सन् १९०१ को असम गजेटियर्समा लुशाईहिल्स खण्डमा मणिपुर,चिटागाऊंका पहाडहरु नाघेर धेरै मानिसहरु लुशाईपहाड -अहिलेको मिजोरम_ तिर पसेको र तिनीहरुमा सबैभन्दा धेरै नेपालबाट आएका मानिसहरु थिए भनेर लेखिएको छ । त्यस्तै दरं जिल्लामा प्रसस्तै पशुपालक,काठ चिर्ने आरावाल र खोटो संकलन गर्ने नेपालीहरु थिए । गोहपुर र विहालीतिर भने खेती गर्ने नेपालीहरुको बसोबास रहेको थियो ।  बितेको शताब्दिको शुरुआतसम्म पूर्वाेत्तर भारतका धेरैजसो ठांऊहरुमा गैरसैनिक नेपालीहरुको बसोबास थियो । यहां उनिहरुको उपस्थिती शान्ति सुरक्षा र विकासका पूर्वाधार निर्माण दुवैका दृष्टिले अपरिहार्य हुन गयो । नेपालीहरुमा विस्तारै बढ्दै गएको राजनीतिक चेतना र भारतमा उपनिवेशवादी अंग्रजी शासनबाट मुक्त हुने चाहनाको प्रभावसंगै त्यहांका नेपालीहरुमा जागरण आएको देखिन्छ । यसरी अंग्रेजहरुको पक्षमा यतिबेलासम्म सेनाका रुपमा काम गर्दै आएका नेपालीहरुको मूलधार अब भने भारतीय स्वतन्त्रता आन्दोलनको समर्थन गर्ने वैकल्पिक धारको रुपमा भारतभरि विभिन्न ढंगले विकसित भैरहेको थियो ।  वीरता र पराक्रमको प्रारम्भिक समय अब फौजको...

पूर्वोत्तरभारतमा नेपालीहरु—८

चित्र
अंग्रेजहरुले यसकालागि नेपालका राणाहरुको अनुमति लिन खोज्दा करकाप गरेर नलानु भन्ने स्वीकृति पाए ।                                                         सन् १८६७ मार्च २६का दिन मार्घेरिटामा खनिज तेलको भण्डार फेला प¥यो । प्रारम्भिक दिनहरुमा तेलको प्रशोधन कराहीमा राखेर गरिन्थ्यो । यसै गरि खनिज कोईला पनि पत्तो लागे पछि अंग्रेजहरुले ती सम्पदाको उपयोगकानिम्ति रेलवे विस्तार गर्ने योजना बनाए । यसकालागि लगनशील जनशक्तिको ठूलो आवश्यकता प¥यो । अंग्रेजहरुले नेपाली श्रमिकहरुबाट मात्र यो संभव हुने आकलन गरेका थिए । यसकालागि नेपालका राणाहरुको अनुमति लिन खोज्दा करकाप गरेर नलानु भन्ने स्वीकृति पाए । यसरी नेपालबाटै नेपालीहरुलाई ठेकदारहरु मार्फत् कामका लागि एग्रिमेण्ट गरेर आसाम लैजान थालियो ।  एग्रिमेन्ट गरी नेपालबाट ल्याएका कामदारहरुलाई राखिएको बस्तीलाई अहिले पनि दिगबोईमा ग्रीमेट लाइनका नामले चिनिने गरिन्छ । यी स्थानहरु बाहेक दिगबोइंका रस्तापाटी, नालापाट...

पूर्वोत्तरभारतका नेपालीहरु—७

चित्र
मेजर अल्वान विल्सनले History Of 8th Gurkha Rifles 1st Battalionमा उल्लेख गर्छन्, सन् १८४५मा खासीपहाडको उम्बाई भन्ने ठाऊंमा रेजिमेन्टको चौकी, सुबेदार देउराज आलेको नेतृत्वमा स्थापना गरिएको थियो । मणिपुर को यूद्ध                                                                    राज्यमा सिमाहरु अस्थिर रहेको त्यो समयमा नेपालीहरुले साम्राज्यवादी अंग्रेजका पक्षमा युद्ध गर्नुलाई आजको आंखाले मात्रै हेर्ने हो भने नकारात्मक व्याख्या गर्न पनि सकिएला तर त्यस समयको वस्तुस्थितीलाई विचार नगरीकन यस्तो निष्कर्श निकाल्न’ इतिहासप्रतिको अन्याय हुनसक्छ । स्वतन्त्र नेपालका नागरीकहरु अर्को देशको सेनामा भर्ना हुनु कलंकको विषय हो । तर, त्यो समयसम्म एउटा राज्यको आम नागरीक अर्को देशमा बसाई सर्न र सैनिक हुनजाने कुरा नौलो थिएन । शासनसंग नजिक रहेका उच्च वर्गीय संभा्रन्तहरुलाई भने त्यति सहज नहुन सक्थ्यो ।  नेपालीहरुले प...

पूर्वोत्तरभारतका नेपालीहरु—६

                                                                बाबुराम पौड्याल  सन् १८२४ तिर गठन भएको १६औं सिलहाट लोकल बटालियन र सन् १८३५मा गठन भएको द आसाम सिबुण्डी कप्र्स् पूर्वोत्तर क्ष्ोत्रमा त्यसबेलासम्मका अंग्रजी सेना हुन् जसलाई पछि आएर ८औं गोर्खा राईफलस्का नामले चिनियो । यस क्षेत्रलाई जित्न भन्दा पनि शासन गर्न गाह्रो थियो । समग्र पूर्वोत्तरक्षेत्र त्यतिबेला घना जंगलले भरिएको र पछौटे अवस्थामा रहेका जंगलमा आश्रित विभिन्न जनजाती तथा आदिवासीहरुको बाहुल्यता रहेको हुंदा अंगे्रजहरुलाई प्रशासनिक रुपले आफ्नो पकड कायम राख्न पनि बाटाघाटो पुलपुलेसाहरुको निर्माण गर्न निकै ठूलो चुनौति थियो । यो समस्या समाधान केवल नेपालीहरुबाट मात्रै हुने निष्कर्श अंग्रेजहरुको थियो र उनिहरुलाई यसकार्यमा खटाए ।  धेरैजसो भारतीय इतिहासकारहरु अंग्रेजहरुले यसो गर्नका पछाडि यस क्षेत्रका जनताको विकास भन्दा पनि यहां रहेको प्रकृतिक सम्पदाको दोहन...

पूर्वोत्तरभारतका नेपालीहरु— 2

चित्र
पृष्ठभूमिः                                            Kamakhya Temple In Guwahati  नेपालमा भएका सबैजसो महत्वपूर्ण राजनीतिक परिवर्तनहरुमा भारतमा रहेका नेपालीहरुको पनि महत्वपुर्ण भूमिका रहंदै आएको छ । यो भूमिका नेपालमा राणाहरुको जहानिया शासन विरुद्धको संघर्षदेखि यताका सघर्षहरुमा झन् घनीभूत हुंंदै आएको देखिन्छ । यतिमात्र होईन, जीवनस्तरका दृष्टिले अत्यन्तै पछौटे अवस्थामा रहेर पनि नेपालंका नेपालीहरु आफ्रनो देशमा मात्र नभएर समय क्रममा भारतीय स्वतन्त्रता संग्राममा पनि सकृयरहेको देखिनुले उनिहरुमा राजनीतिक सचेतनता उच्चरुपमा रहेको देखिन्छ ।             यस आलेखमा भारतको उत्तरपूर्वी क्षेत्रका नेपालीहरुको स्थिती र त्यहां रहंदा उनिहरुको सक्रियताले नेपालको जनआन्दोलनहरुमा परेको प्रभावका वारेमा यथासंभव खोजीनिती गर्ने प्रयास गरिएको छ । यहांका नेपालीहरु विशेषगरी कृषि र पशुपालनमा आश्रित रहेको पाईन्छ । भारतका अन्यत्र बस्ने नेपालीहरु भन्दा आर...