पूर्वोत्तरभारतका नेपालीहरु—७
मेजर अल्वान विल्सनले History Of 8th Gurkha Rifles 1st Battalionमा उल्लेख गर्छन्, सन् १८४५मा खासीपहाडको उम्बाई भन्ने ठाऊंमा रेजिमेन्टको चौकी, सुबेदार देउराज आलेको नेतृत्वमा स्थापना गरिएको थियो ।
राज्यमा सिमाहरु अस्थिर रहेको त्यो समयमा नेपालीहरुले साम्राज्यवादी अंग्रेजका पक्षमा युद्ध गर्नुलाई आजको आंखाले मात्रै हेर्ने हो भने नकारात्मक व्याख्या गर्न पनि सकिएला तर त्यस समयको वस्तुस्थितीलाई विचार नगरीकन यस्तो निष्कर्श निकाल्न’ इतिहासप्रतिको अन्याय हुनसक्छ । स्वतन्त्र नेपालका नागरीकहरु अर्को देशको सेनामा भर्ना हुनु कलंकको विषय हो । तर, त्यो समयसम्म एउटा राज्यको आम नागरीक अर्को देशमा बसाई सर्न र सैनिक हुनजाने कुरा नौलो थिएन । शासनसंग नजिक रहेका उच्च वर्गीय संभा्रन्तहरुलाई भने त्यति सहज नहुन सक्थ्यो ।
नेपालीहरुले पूर्वोत्तर भारतमा युद्ध मात्रै गरेनन्, त्यहां नयां जीवन शैली र विकास निर्माणमा समेत महत्वपूर्ण योगदान दिएको इतिहासकारहरुले स्वीकार गरेका छन् । विकास अंग्रेजहरुलाई यस क्षेत्रमा शासन गर्न मात्रै आवश्यक थिएन यहांका अविकसित पछौटे जीवन जिउन वाध्य जनताको निम्ति पनि आवश्यक थियो । अंंग्रेज नेतृत्वको नेपाली फौजले सर्वप्रथम यातायात क्षेत्रमा काम गर्न शुरु ग¥यो । जनवरी १९१२ देखि मई १९१३ सम्म गोर्खा फौजले सदीयादेखि तिब्बतको सिमासम्म पुग्ने बाटो बनायो । ब्रम्हपुत्र र सुरमा उपत्यकालाई जोडने बाटो पनि बनाइयो । आज यही सडक गुवाहाटी शिलङ सिलचर जोड्ने सम्पर्क सडकको रुपमा विकास भएको छ ( आसामे नेपालीहरु, लेखक विष्णुलाल उपाध्याय, सन् १९८४ पृष्ट ५ )।
आसाममा घना जंगल,वन्यजन्तुहरुको भय, औलोको महामारीसंग संघर्ष गर्दै गोरखालीहरुले धेरै बाटाघाटा पुल पुलेसाहरु निर्माण गरेर विकासको पूर्वाधार निर्माण गरे । कठिन जीवन यापन गरिआएका परिश्रमि र सरल स्वभावका नेपालीहरुको प्रभाव पनि उनिहरु पुगेको ठाऊमा पनि परेको छ । पछिल्ला समयहरुमा यी गोरखा सैनिकहरुसंग स्थानिय जातिजनजातिहरुको हार्दीक सम्बन्ध भएका धेरै उदाहरणहरु पनि पाईन्छ । मेजर अल्वान विल्सनले History Of 8th Gurkha Rifles 1st Battalionमा उल्लेख गर्छन्, सन् १८४५मा खासीपहाडको उम्बाई भन्ने ठाऊंमा रेजिमेन्टको चौकी, सुबेदार देउराज आलेको नेतृत्वमा स्थापना गरिएको थियो । उनलाई तेश्रो श्रेणीको मजिष्ट्रेटको प्रशासनिक दर्जा पनि दिइएको थियो । त्यहां तैनात भएको दुई वर्षमा उनको मृत्यु भयो । स्थानियहरु बीच लोकप्रिय रहेका आलेको मृत्युपछि उनिहरुले आलेको स्मृतिमा सडकको छेऊमा एउटा स्मारक बनाए । अचेल पनि त्यो बाटो भएर हिड्ने हरेक बटुवाले उनको सम्मानमा गुवापान अर्पण गर्ने गर्दछन् ।
नेपाली सैनिकहरुले यहां संगालेका सुख दुःखका अनुभवहरु त्यसबेला नै लिपीबद्ध गरी नेपाली सहित्यमा समेत रचनात्मक योगदान गरेको देखिन्छ । प्राध्यापक भिमकान्त उपाध्यायले आफ्नो पुस्तक “सर्सर्ती पढ्दा”मा उल्लेख गरे अनुशार सन् १८९३मा २३ गोर्खा बटालियनको मणिपुरीहरुसंग लडाई भएको थियो र त्यो लडाईमा मणिपुरीहरुले आत्मसमर्पण गरेका थिए । उक्त बटालियनका लेन्सनायक तुलाचन आलेले लडाईमा गोरखालीहरुको वीरताको बयान गर्दै २८ श्लोकको मणिपुरको सवाई लेखेका छन् ।
४४ गोर्खा बटालियनको अब्बरहरुसंगको लडाईको बयान गर्दै सन् १८९४मा नेपाल चैनपुर घर भएका धनवीर भण्डारी २७ श्लोकको अब्बरपहाडको सवाई लेखेका छन् । उनैले १८९७मा शिलाङमा गएको भूईचालोको वर्णन गर्दै भूईंचालोको सवाई पनि लेखेका छन् । सैनिक सेवा भन्दा बाहिरका नेपालीहरुले पनि त्यसबेलाको अवस्थाबारे सबाई लेखेको पाईएको छ । यसैगरी पोखरातिरबाट बसाई सरी गएका कृष्णबहादुर उदासले आसामका नेपालीहरुको दुःख वर्णन गर्दै १९०९मा आछामको सवाई लेखेका छन् । पश्चिम नेपालको ढोर जिल्लाको(ढोर जिल्ला नेपालमा छेैन तर पनि भिमकान्तले ढोर जिल्ला भनेर उल्लेख गरेका छन्) हांडीखोला गाऊंका गजवीर राना मगरले पनि सन् १९१४तिर नागाहिल्समा भएको लडाईको वर्णन गर्दै १सय ३१ श्लोकको “नागाहिल्सको सवाई” लेखेर ती क्षेत्रका नेपाली सैनिकहरुको स्थिती र मानसिकताको बिम्ब चित्रण गरेका छन् । रानामगर भने सैनिक नै थिए ।
क्रमश..............
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.