नागरीकता कानुनले भारतमा झन् असन्तोष बढ्यो

नागरिकता कानुन पारित भएपछिको बढ्दो असन्तोष ले भारत मा धर्म निरपेक्ष कि हिन्दु देश भन्ने द्वन्द चर्किने सम्भावना देखिंदै छ। भारतमा सरकारले महत्व साथ ल्याएको नगरीकता संशोधन विधेयक लोकसभा र राज्यसभाबाट बहुमतले पारित भै प्रमाणित समेत भैसकेको छ । यो विधेयक प्रधानमंत्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा नै चर्चामा ल्याईएको भए पनि त्यतिबेला यसलाई अगाडि बढाईएको थिएन । यसै वर्ष भएको लोकसभाको चुनावमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले दोस्रो पटक फेरि जित हासिल गरेपछि भने यसलाई अगाडि बढाएको थियो । मुसलमानहरुको बाहुल्यता रहेका छिमेकी देशहरु पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट सन् २०१४ भन्दा अघि उत्पिडनका कारणले भारत आएका इश्लाम धर्माबलम्बी बाहेकका हिन्दु, बौद्ध, शिख, पारसी, ईसाई र जैन धर्माबलम्बी शरणार्थीहरुलाई भारतको नागरीकता दिने सकिने प्रावधान यो कानुनमा छ । यो कानुनलाई लिएर भारतका उत्तरपूर्वी राज्यहरु लगायत अन्य केही राज्यहरुमा चर्को विरोध शुरु भएको छ । यो विरोधको आयतन विस्तारै देशभरि नै फैलिंदै गएको छ । नरेन्द्र मोदी नेतृत्वको सर...