राष्ट्रिय जनता पार्टीमा विवाद : अब के होला ?

यतिबेला राष्टिय जनता पार्टी नेपालमा आन्तरिक विवाद देखिंदै छ । विगत उन्नाईस महिनादेखि संयोजकको पदमा रहिआएका पाका नेता महन्थ ठाकुर लाई हटाएर नेता राजेन्द्र महतो लाई संयोजक बनाईएपछि पार्टीभित्र विवाद, चुलिएको हो । विशेष अवस्थामा २१ अप्रैल २०१७मा छवटा मधेशकेन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले त्यसबेला मधेशमा आशाको संचार गरेको थियो । त्यसबेला छवटा दलका छजना शिर्षनेताहरु सम्मिलित अध्यक्षमंडलले आगामि महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने र छजना मध्ये वरियताका आधारमा एकजनाले दुईमहिनाका हिसाबले पालैपालो अध्यक्षमंडलको संयोजक बन्ने नियम बनाइए पनि महन्थ ठाकुर लगातार उन्नाईस महिनादेखि संयोजक रहंदै आएका थिए । राजपा आफ्नो प्रथम महाधिवेशनको तरखरमा रहेको अवस्थामा विवाद देखापरेको हो । संविधान संशोधनको शर्तमा ओली सरकारलाई दिएको समर्थनप्रति सरकारले वेवास्ता गरेको भन्दै छठपर्वपछि फिर्ता लिने चेतावनी राजपाले दिंदै आएको थियो । भनिन्छ, यस विषयमा पनि राजपामा मतैक्यता हुन नसकेको समाचार बाहिर आएको छ । यस्ता सानातिना विवाद सार्वजनिक हुनुले राजपाले आफुलाई राजनीतिक पार्टीका रुपमा ...