संदेश

नेकपा माओबादी लेबल वाली पोस्ट दिखाई जा रही हैं

जनयुद्ध दिवस : गोहीले आँसु झार्ने दिन नबनोस्

चित्र
माओबादी लडाकु       नेकपा माओबादी ले  जनयुद्ध भनिने विद्रोहको शुरुआत गरेको आज फाल्गुण एक गते दिन तेइस वर्ष लागेको छ । वि.सं २०५२ साल फाल्गुण १ गते का दिन रोल्पाका होलेरी, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढीका पुलिस चौकीहरुमा एकसाथ आक्रमण गरेर तत्कालिन नेकपा माओवादीले राज्य विरुद्ध सशस्त्र विद्रोह शुरुगरेको थियो । त्यसैदिन काभ्रेमा दौलतविक्रम दोङको घर र गोरखाको च्याङलीमा रहेको कृषिविकास बैंक समेत कब्जा गरेको थियो । त्यसपछिको एकदशक नेपालमा केहीकालागि क्रान्तिकारी रहे पनि सर्वसाधारणकालागि निक्कै कष्टकर रहे ।  २०५८ मंसिर ८ गते माओवादी विद्रोहीले दाङको शाही सेनाको ब्यारेकमा आक्रमण गरेपछि यो विद्रोहले झन् उग्ररुप लियो । गैरन्यायिक हत्या, लुटपाटका घटनाले देश आतंकित बन्यो । राज्यपक्ष र विद्रोहको चपेटामा परेर हजारौं निर्दोषहरु मारिए । यो सबैभन्दा हृदयविदारक थियो । त्यो पिडालाई क्रान्तिको च्यादर ओढेर आँखा चिम्लेर सामान्यिकरण कसरी गर्न सकिएला र ? पिडकलाई क्रान्तिका नाममा उन्मुक्ति र पीडितको पीडा व्यक्तिगत कसरी पो उचित होला र ? मानिसहरुलाई...