जनयुद्ध दिवस : गोहीले आँसु झार्ने दिन नबनोस्


माओबादी लडाकु   

 नेकपा माओबादीले  जनयुद्ध भनिने विद्रोहको शुरुआत गरेको आज फाल्गुण एक गते दिन तेइस वर्ष लागेको छ । वि.सं २०५२ साल फाल्गुण १ गतेका दिन रोल्पाका होलेरी, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढीका पुलिस चौकीहरुमा एकसाथ आक्रमण गरेर तत्कालिन नेकपा माओवादीले राज्य विरुद्ध सशस्त्र विद्रोह शुरुगरेको थियो । त्यसैदिन काभ्रेमा दौलतविक्रम दोङको घर र गोरखाको च्याङलीमा रहेको कृषिविकास बैंक समेत कब्जा गरेको थियो । त्यसपछिको एकदशक नेपालमा केहीकालागि क्रान्तिकारी रहे पनि सर्वसाधारणकालागि निक्कै कष्टकर रहे ।

 २०५८ मंसिर ८ गते माओवादी विद्रोहीले दाङको शाही सेनाको ब्यारेकमा आक्रमण गरेपछि यो विद्रोहले झन् उग्ररुप लियो । गैरन्यायिक हत्या, लुटपाटका घटनाले देश आतंकित बन्यो । राज्यपक्ष र विद्रोहको चपेटामा परेर हजारौं निर्दोषहरु मारिए । यो सबैभन्दा हृदयविदारक थियो । त्यो पिडालाई क्रान्तिको च्यादर ओढेर आँखा चिम्लेर सामान्यिकरण कसरी गर्न सकिएला र ? पिडकलाई क्रान्तिका नाममा उन्मुक्ति र पीडितको पीडा व्यक्तिगत कसरी पो उचित होला र ? मानिसहरुलाई सुन्दर भविष्यको सपना बाँडेर मर्नमार्न उद्दत बनाउने वा राज्यको दायित्वका नाऊँमा रगतको हाली खेल्ने समय नेपालीले फेरि झेल्न नपरोस् ।

शोकाकुल आफन्त

यतिबेला जनता ती सपनाहरुको हिसाब किताब चाहिरहेका छन् । त्यो त्रासदीको उपलब्धि नेपाली जनताले भोगिरहेको वर्तमान हो भने पक्कै पनि त्यो क्रान्तिको आवरणमा छोप्न मिल्ने परिघटना थिएन । यदि होईन भने त्यो कहिलेसम्म संभव छ भन्ने उत्तरको यतिबेला यतिबेला खोजी भैरहेको छ ।


त्यसबेलाको युद्धले शामन्तवादले जर्जर भएको देशमा तल्लोतहका मानिसहरुमा स्वभिमान को जागरण ल्याएको भने हो । त्यसलाई समान्य भन्न मिल्दैन । तर, त्यत्रो ध्वंशपछिको यो उपलब्धि नेपाली जनताकालागि निक्कै महँगो सावित भएको छ ।


त्यो आन्तरिक विग्रहमा विदेशीहरुले नेपालमा नराम्रोसंग खेल्न पाए । नेपाली राजनीतिका सबै खेलाडीहरु विदेशीहरुका गोटीमात्र भए । धेरैका त्यसबेलाका रहस्यका पत्रहरु अझै खुल्न बाँकी नै छन् । त्यो विग्रहले नेपाललाई अस्थिर बनाई राख्ने कारक विदेशी चासो र त्यसमा नाचिरहने प्रवृत्ती नै हो भन्ने शिक्षा दिएको छ ।
तत्कालिन विद्रोही तागत यो समयसम्म आईपुग्दा छिन्नभिन्न भैसकेको छ । यो यसकै चरम महत्वकाँक्षाको शिकार भएको छ । केही कित्ता फेरी जंगलतिर पसल थाप्न गैरहेका छन् । ती पसलहरुका प्रयोजकहरु फेरीपनि विदेशी नै हुने संभावना छ । तिनलाई चाहिने हातहतियारहरु र रसद पानी र सेल्टरको जोहो गरिदिने दाताहरु तिनै विदेशी हुने छन् । अरु केही कित्ता सिंहदरवारतिर पुगिसकेका छन् । तिनकालागि संभवतः यो नै लक्ष्य थियो । त्यहाँ पनि विदेशीको प्रभाव कम छैन ।


माओवादीका अग्लो कदका नेता प्रचण्ड उनले गरेको महान जनयुद्धको कट्टर आलोचक रहँदै आएका एमाले नेता केपी ओली आज नेकपा नामको एउटै पार्टीमा छन् । यो एकताले  पनि नेपाली राजनीतिको स्वरुपलाई वर्णन गर्दछ । नेकपाको जीनमा दुईधारको संघर्षले कहिले कुन स्तरको द्वन्द जन्माउने हो भन्न गाह्रो छ ।
यतिबेला नेकपाले जनयुद्ध दिवस मनायो । स्वभावैले यसमा नेकपामा रहेका पुराना माओवादीहरु बढी उत्साहित भए भने एमालेहरु त्यो स्तरमा भएनन् । आखिर इतिहास न हो मेटेर र विर्सन खोजेर विर्सन सकिंदैन । के विद्रोहले पारेका घाउहरुमा सरकारमा रहेका क्रन्तिकारीकारी भनिने र शान्तिकारी भनिनेहरुले नवपार्टीका नेताहरुले दत्तचित्तले मलहम पट्टी लाउलान् कि वर्षको एकदिन दिवस मनाएर झारा टार्लान् — हेर्न बाँकी छ ।               
         

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष